पोखरा, २२ वैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । मंगलबारको परीक्षणमा एन्टिजेन देखिएपछि थप परीक्षण गराउँदा उनका कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासमा रहेका छन् । मंगलबार मात्रै उनी गण्डकी प्रदेश सचिवालयमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएका थिए ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेलाई कोरोना संक्रम भएर ३ दिनदेखि होम आइसोलेसनमा छन् । उनकै ‘क्लोज कन्ट्याक ट्रेसिङ’का आधारमा मुख्यमन्त्रीको स्वाब परीक्षण गरिएको थियो । क्षेत्रीय प्रयोगशालामा मंगलबार दिएको स्वाब बुधबार पोजेटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक न्यौपानेले बताए ।