घरHeadlineनवलपुर उद्योग बाणिज्य संघले सचेतना कार्यक्रम चलाउने, भोली र पर्सी २ दिन...

नवलपुर उद्योग बाणिज्य संघले सचेतना कार्यक्रम चलाउने, भोली र पर्सी २ दिन ब्यवसायीकोमा पुगेर मास्क, सेनिटाईजर बाड्ने


२० बैशाख, नवलपुर ।

नवलपुर उद्योग वाणिज्य संघको आज बसेको आकस्मिक बैठकले कोरोनालाई न्युनिकरण गर्ने उदेश्यले सचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
संघको सचिवालयमा बसेको बैठकले छिमेकी जिल्ला चितवन ,रुपन्देहिमा संक्रमण पछि नवलपुर पनि जोखिममा रहेको र नवलपुरमा हालसम्म लकडाउन नगरिएको कारणले गर्दा पनि यहाँ कोरोनाको जोखिम अत्याधिक बढ्दै गएको ठहर गरेको छ ।
संक्रमणको जोखिम बढ्दै गईरहेको अवस्थामा जिल्लाको सदरमुकाम कावासोतीमा व्यवसायी लक्षित कार्यक्रम गर्ने निर्णय भएको सचिव हरिप्रसाद सुवेदीले जानकारी दिए ।
उद्योगी व्यवसायीहरुकै ब्यवसायिक प्रतिष्ठानमै पुगेर तपाईको मास्क खोई तपाईको स्वास्थ्य सुरक्षा अपनाउदाँ तपाईको परिवार र समाज नै स्वास्थ्य रहन्छ । स्वास्थ्य सुरक्षा अपनाउदै अनुसाशित रुपमा व्यापार व्यावसाय संञ्चालन गरौ भन्ने सन्देशमुलक स्टिकर सहित सबै व्यवासायीलाई जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डाँसुराज पोख्रेलले जानकारी दिए ।
अध्यक्ष पोख्रेलका अनुसार कार्यक्रम भोलि मंगलवार कावासोती फलफुल चोक देखी थकाली चोकसम्म र बुधवार थकाली चोकदेखी डण्डासम्म घरदैलो गरिने कार्यक्रम तय भएको छ । साथै माहामारीको बेला सबैले सचेत भई व्यवसायलाई संञ्चालन गर्न पनि उद्योग वाणिज्य संघका अध्यक्ष पोख्रेलले आग्रह गरेका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया