बैशाख,२०
नवलपुर
आज मे ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न बिभिन्न कार्यक्रम गर्दै विश्वभर मनाइदै छ ।
’स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा आजको दिनलार्ई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउन थालिएको छ ।
युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ’बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस बिश्वभर मनाउने निर्णय गरेको थियो ।