घरHeadlineकोभिडका कारण यातायात कार्यालयमा सेवा बन्द, नियमित कार्य हुने

कोभिडका कारण यातायात कार्यालयमा सेवा बन्द, नियमित कार्य हुने

;सदर मुकाम कावासोतीमा रहेको यातयात कार्यलय

कावासोती, बैशाख १९ २०७८
कोरना भाइरसको संक्रमण बढ्दै जादा नवलपुरको सदर मुकाम कावासोतीमा रहेको यातयात कार्यलयले आज ( आइतबार) देखी सेवा बन्द गरेको जनाएको छ । सेवा बन्द गरीए पनी नियमित कार्य भने संचालन हुने कार्यालय प्रमुख ज्ञानप्रसाद भुसालले जानकारीले जानकारी दिनु भयो । ब्लुबुक नवीकरण, सवारीको कर बुझ्ने, जांचपास, रुट पर्मिट लगायतका काम भने नियमित काम अन्तरगत हुने छ ।

नवलपुर जिल्लामा पनि कोभिड १९ को संक्रमण फैलदै गएको र भिडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै बैशाख १९ गते अर्थात आइतबारदेखि नियमित प्रवाह गर्नु पर्ने सेवाका बाहेक अन्य काम बन्द गरिएको कार्यालयले जनाएको छ ।

यातायात कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख ज्ञानप्रसाद भुसालले जानकारी अनुसार लाइसेन्सको फारम भर्ने, बायोमेट्री अर्थात फोटो खिच्ने, लिखित र ट्रायल परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ ।

कोरना भाइरसको संक्रमण बढ्दै जादा लाइसेन्सका लागी भर्नु पर्ने फारम, लिखित परीक्षा र ट्रायल लिने काम यस अगी नै बन्द गरीसकिएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया