घरHeadlineपूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार

पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार

काठमाडौं, बैशाख १६,

कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार थालिएको छ। शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको थाहा खवरमा समचार प्रकासित गरेको छ।

यस्तो छ अस्पतालको विज्ञप्ति

यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व महारानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ।

उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो। अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य समस्या देखिएको छैन।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ। पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन।

२०७८ बैशाख १६ गते

प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्ट
नर्भिक इन्टरनेशल हस्पिटल
थापाथली, काठमाण्डौ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया