घरHeadlineअवैध मालसामान बरामद

अवैध मालसामान बरामद

बैशाख १३, परासी
नवलपरासी (पश्चिम) प्रहरीले हिजो १ लाख ३० हजार ८ सय ७० मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउदै गरेका हार्डवयरका बिभिन्न सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका. वडा नं. १ स्थित झरहीखोलाबाट बरामद गरेको हो । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए । बरामद सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया