बैशाख १२, कावासोती
कोरोनाका कारण आगामी शुक्रबार सम्म कावासोती नगरपालिकाका विद्यालय बन्द गर्ने बिपद ब्यस्थापन समितिको निर्णय गरेको छ । पालीका भित्रका विद्यालयमा संक्रमित देखीत देखीन् थालेपछि शुक्रबार सम्मको लागी बिद्यालय बन्द गर्ने निर्णय गरेको बिपद ब्यस्थापन समिति संयोजक प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।
मर्दनियाका अनुसार हाट बजार र बिद्यालय बन्द गरीएको तर परिक्षा संचालनमा रहेकोले कलेजको परिक्षा भने बन्द नरहेको रेडियो सामथ्र्यलाई जानकारी दिनुभयो ।
यस अगी पुर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं २ मा रहेको शिव माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ ।
गत बिहीबारनै विद्यार्थीमा कोरोना संक्रमण देखिए पनि विद्यालय निरन्तर सन्चालन भएको भन्दै यस विषयलाई गम्भीरता पुर्वक लिन भन्दै विद्यार्थीहरुले कावासोती नगरपालिकाको शिक्षा शाखाको ध्यानाकर्षण गराएका थिए ।
विद्यालयको कक्षा १० मा अध्ययनरत १५ वर्षीय विद्यार्थीमा गत बिहिबार गते कोरोना संक्रमण देखिए पनि विद्यालय निरन्तर संचालन भएको र आवश्यक सतर्कता न अपनाईएको भन्दै विद्यार्थीहरुले शिक्षा शाखालाई गुहार्न पुगेका थिए ।
बिहिबार नै विद्यार्थीमा संक्रमण देखिएको भए पनि आफुहरुले शनिबार बेलुका मात्रै थाहा पाएको र आईतबार देखि संक्रमित विद्यार्थी भएको कक्षाको विद्यार्थीलाई होम आईसोलेसनमा बस्न लगाईएको विद्यालयका प्रधानाध्यापक लिलाधर भुसालले बताए । यस विषयमा नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखा सँग आफुले समन्वय गरेका थिए ।
कावासोती नगरपालिकाको शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले विद्यार्थीमा कोरोना संक्रमण देखिएको कुरा आफुहरुले पनि शनिबार मात्रै जानकारी पाएको बताउनु भएको थियो । आईतबार विद्यार्थीहरुले पनि जानकारी गराएका र यस विषयमा आवश्यक निर्णय गर्न आज नगर स्तरिय विपत व्यवस्थापन समितिको बैठक बसेर शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनु भयो ।
मध्यविन्दु नगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुलाइ होस्टेलमा राखेल पढाउने कार्य बन्द गर्न आग्रह गरेको छ । कोरना भाइरसको संक्रमण दर तिब्र रुपमा फैलिन थालेकोले सामुहिक रुपमा विद्यार्थी राख्दा कोरना भाइरस संक्रमण सर्ने दर बढी हुने भन्दै होस्टेलमा नराख्न आग्रह गरेको छ ।
हुप्सेकोट गाउँपालिकाले विद्यार्थीहरुलाई छात्रावासमा नराखी घरमै राख्न आग्रह गरेको छ । कोभिड १९ को संभावित संक्रमणको जोखिम बढ्दै गइरहेको सन्दर्भमा गाउँपालिकाले स्वास्थ्य सुरक्षाका लागि छात्रावासमा नभइ घरमै राखी परिक्षाको तयारीमा लगाउन आग्रह गरेको हो । गाउँपालिकाले सूचना जारी गर्दै आफ्नो पालिका भित्रका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई आग्रह गरेको हो ।