गैँडाकोट नगरपालिकाले बैशाख १० गतेबाट व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गर्ने भएको छ । जन्म, बिवाह, सम्बन्ध विच्छेद, बसाईसराई र मृत्यु लगाएत व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता आफुलाई पाएक पर्ने शिविरमा आवश्यक कागजात सहित पुगेर सेवा लिन गैँडाकोट नगरपालिकाले अनुरोध गरेको हो ।
बैशाख १० गते देखि १३ गते सम्म आधारभुत स्वास्थ्य इकाई भवनमा दर्ता शिविर सञ्चालन गरिने छ भने १२ र १३ गते जलुके खानेपानि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय, गंगानगर टोल र लक्ष्मी नारायण मन्दिर एक्लेसालमा शिविर सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुषालद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । यस्तै बैशाख १४ गते देखि १६ गते सम्म नारायणी टोल विकास सस्थाको कार्यालय नारायणी टोल, शान्तिनगर टोलविकास सस्थाको कार्यालय शान्तिनगर टोल र महेन्द्र स्मारक आधारभुत विद्यालय शिलन्यास चोकमा शिविर सञ्चालन गर्ने जानकारी गराईएको छ ।
साथै कोभिड १९ को संक्रमणबाट जोगिन भौतिक दुरी कायम गरि आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्न पनि आग्रह गरिएको छ ।