घरविविधसमुदाय स्तरबाट पहिलो पटक युवाहरुलाई नेचर गाईड तालिम

समुदाय स्तरबाट पहिलो पटक युवाहरुलाई नेचर गाईड तालिम

सागर पोख्रेल
चैत्र १७, कावासोती
वन, वन्यजन्तु र वातावरण हाम्रो हो, यसको संरक्षण, प्रवद्धन गर्न सके जीविको पार्जनमा सहज हुने भावना जागृत गर्दै दिगो पर्यापर्यटनको विकास र संरक्षणका लागी स्थानिय स्तरबाट पहिलो पटक नवलपुर क्षेत्रका ४० जना युवाहरुलाई नेचर गाईड शिक्षा प्रदान गरीएको छ । स्थानीय समुदायको सक्रिय सहभागितामा जलाधार क्षेत्र, पानीका स्रोत तथा जैविक विविधता संरक्षण गर्न र दिगो पर्यापर्यटन विकासको लागी पहिलो पटक समुदाय स्तरबाट युवाहरुलाई तालिम प्रदान गरीएको गुन्द्राही ढकाहा मध्यवर्ती सामुदायीक वनका अध्यक्ष नर बहादुर महतोले बताउनुभयो ।
कावासोती नगरपालिका को वडा नं. ११,१२,१३,१५ र १७ भित्र रहेको चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगतको प्रस्तावित इको कोरीडोर क्षेत्र भित्र रहेका गुन्द्राही ढकाहा, कृष्णसार, शान्ति निकुञ्ज र नमुना सामुदायिक वन अन्र्तगत का ४० जना युवाहरुलाई ४ बटा सामुदायिक वन र नेपाल प्रकृतिक संरक्षण कोष सौराहाको व्यावस्थापनमा देशमै पहिलो पटक युवाहरुलाई नेचरगाईड तालिम प्रदान गरीएको अध्यक्ष महतोले जानकारी दिनुभयो । उहाँले ४० जना युवाहरुलाई १ महिना सम्म तालिम प्रदान गरीने जानकारी दिनुभयो ।
गत फागुन २२ गते चितवनको सौराहाबाट ४० जना युवाहरुलाई तालिम शुभराम्भ गरीएको थियो । एक हप्ता सम्मको बिषयगत ज्ञान पश्चात अहिले ति युवाहरुलाई कावासोती क्षेत्र भित्र रहेको चितवन राष्टिय निकुञ्जमा प्राक्टिकल तालिम प्रदान गरीएको छ । स्थानिय स्तर कावासोती नगरपालिकाबाट रु २ लाख ५० हजार, प्रस्तावित इको कोरीडोर अन्र्तगतका ४ बटा सामुदायिक वनबाट ३ लाख ५० हजार र नेपाल प्रकृतिक संरक्षण कोष सौराहाबाट ८ लाख ७ हजारको लगानीमा ४० जना दक्ष नेचरगाईड उत्पादन गर्ने लक्ष्यका साथ तालिम प्रदान गरीएको अध्यक्ष महतोले बताउनुभयो । उहाँका अनुसार तालिममा सहभागीहरुको लागी ५० हजार रुपैया खाजा नास्ताको लागी छुट्याइएको बताउनुभयो ।

अहिले शान्ति निकुञ्ज र नमुना सामुदायिक वनबाट १५ जना , कृष्णसारबाट ९ जना र १६ जना गुन्द्राही ढकाहा मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट सहभागी रहेका छन ।उनीहरुलाइ अहिले चितवन निकुञ्जको वन , नदी र पर्यटकिय क्षेत्र भित्र प्राक्टिकल तालिम प्रदान गरी रहीएको छ ।
संरक्षणकर्मी एवम् नेचर गाईडका प्रशिक्षक डि वि चौधरीले वन र वन्य जन्तुको मात्र नभई जैविक विविधताको संरक्षण र दिगो पर्यटनका लागी युवाहरुलाई तालिम प्रदान गरीएको बताउनु भयो । संरक्षणकमी चौधरीले युवाहरुलाई तालिम पश्चात यस क्षेत्रमा आउने पर्यटकलाई सहज हुने समेत बताउनु भयो । चौधरीले भन्नुभयो – बनस्पती, चरा चुरुङ्गीहरुको बैज्ञानीक नाम, त्यसका प्रभाव , पर्यटन क्षेत्रमा हुनुपर्ने हस्पीटालीटी, वाईड लाईफको बारेमा जानकारी दिन तालिमले महत्वपुर्ण भुमिका खेल्छ । चौधरीले वन र वन्यजन्तुको अवलोकनको समयमा गाईडले जे भन्छन पर्यटकले सोही कुरालाई विश्वास गर्ने भएकाले समेत पर्यटकलाइ सहि सुचना र सन्देश प्रवाह गर्न समेत स्थानिय युवहरुलाई नेचर गाईड आवश्यक रहेको र भोलीका दिनमा यस कार्यले पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम पश्चात ४० जना युवाहरुलाई नै परीचालन गरी वन्य जन्तुको अवलोकन गर्दा ध्यानदिनु पर्ने , कसरी शुरक्षीत हुन सकिन्छ ? बन्यजन्तुहरुले कुन अवस्थामा कस्तो प्रतिक्रिया दिन्छ ? सो वारे पर्यटकलाई समेत जानकारी हुने भएकाले तालिम आफैमा महत्वपुर्ण रहेको उहाको भनाई थियो ।
विगतमा नेचरगाईड तालिम नेपाल प्रकृतिक संरक्षण कोषले संचालन गर्ने भएता पनी सहभागीहरुलाई आवाशिय रुपमा देशमै पहिलो पटक समुदाय स्तारबाट संचालन गरीनु सराहनीय कार्य रहेको समेत उहाँले बताउनु भयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया