सागर पोख्रेल
पुष १०
पुष ११ र १२ गते पोखरामा सम्पन्न हुन लागेको उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेश दोस्रो अधिबेशनमा नवलपुर उद्योग बाणिज्य संघले अगी सारेका प्रदेशको जिल्ला/ नगर तर्फका उपाध्यक्ष पदका उमेद्वार ओम प्रसाद पौडेल सिङ्गो नवलपुरको उमेद्वार भएको नेपाल उद्योग बाणिज्य महासंधका केन्द्रिय सदस्य एवम् गैडाकोट उद्योग बाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले बताउनु भएको छ ।
नवलपुर उद्योग बाणिज्य संघले संस्थाका नि वर्तमान अध्यक्ष ओम प्रसाद पौडेलललाई उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशको जिल्ला/नगर तर्फको उपाध्यक्ष पदमा सर्व सम्मत उठाउने निर्णय गरेको छ । पौडेलललाइृ जिल्लामा रहेका अन्य दुई बटा देबचुली र मध्यविन्दु उद्योग बाणिज्य संघले पहिल्यै साझा उमेद्वारको रुपमा लिदै आएका छन ।
केन्द्रीय सदस्य भट्टचनले नवलपुर जिल्लामा देशकै ठुला उद्योग धन्दा ( हङ्सी, सि.जी, सुमि, गोर्खा ब्रुअरी,टाइम फर्मा, ) , पर्यटकिय क्षेत्र ( अमलटारी, पिपरहर होमस्टे, गजेन्द्र मोक्ष धाम) गण्डकी प्रदेशको भारत सग सिमाना जोडीएको भन्सार कार्यालय र नवलपुरलाई प्रदेश सग सहजै पहुच बनाउन समेत ओम प्रसाद पौडेललाई उद्योग बाणिज्य महांसघ गण्डकी प्रदेशमा जिल्ला नगरको तर्फबाट उपाध्यक्ष पदमासाझा उमेद्वार बनाईएको बताउनुभयो ।
यस अगी नवलपुर जिल्लाकै देवचुली उद्योग बाणिज्य संधका अध्यक्ष रेशम सापकोटाले पौडेल नवलपुर उद्योग बाणिज्य संघको मात्र नभई सिङ्गो जिल्लाकै उमेद्वार रहेको बताउदै आउनु भएको थियो भने मध्यविन्दु उद्योग बाणिज्य संधका अध्यक्ष केदार पराजुलीले समेत समर्थन गर्दै आउनुभएको छ ।
पौडेल संस्थागत रुपमा जिल्ला विभाजन नहुदै देखी जिल्ला उद्योग बाणिज्य संघ नवलपरासीको नवलपुर क्षेत्रको संयोजक समेत रही काम गरेको अनुभव समेत संगालेका उपाध्यक्ष पदका उमेद्वार पौडेलले समग्र गण्डकी प्रदेशलाई नै मिलायर लैजान सक्ने खुवी भएकाले समेत पौडेलको विजयी हुने नवलपुर बाणिज्य संधका अध्यक्ष डासुरराज पोख्रेलले बताउनु भयो ।