कावासाेति, २७ मंसिर । पूर्वी नवलपरासीमा एक जना वडाअध्यक्ष जुवाको खालबाट पक्राउ परेका छन् ।
पूर्वी नवलपरासीको कावासोतीमा तास खेल्दै गर्दा पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका १ का वडाध्यक्ष टोलनाथ कंडेल, ९ जना पक्राउ परेका छन् । कंडेल काँग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।
शनिबार दिउँसो १ लाख ६८ हजार नौं सय १० रुपैयाँ नगद सहित कावासोतीबाट ९ जनालाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बौदीकाली १ का ४९ बर्षीय टोलनाथ कंडेल, कावासोती २ का ५२ बर्षीय राम्जी केसी, ४४ बर्षीय चुडामणी कंडेल, कावासोती ८ का ३८ बर्षीय श्रीधर शर्मा, कावासोती ३ का ४० बर्षीय बलबहादुर गुरुङ, ४१ बर्षीय गमबहादुर सिंजाली, ३३ बर्षीय किरण केसी, कावासोती ४ का ४१ बर्षीय रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी रहेका छन् ।