सामर्थ्य डेक्स, मंसिर २७
देचुली नगरपालिका वडा नं ०१ स्थित मेघापार्कमा जुवा (कौडा) खेली रहेको अवस्थामा शुक्रबार प्रहरीले ५ जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा देवचुली न.पा.१ का सुवास चन्द्र ओझा, भरतपुर महा नगरपालिका ११ बस्ने किरण श्रेष्ठ, भरतपुर महा नगरपालिका २ का सन्दिप गुरुङ, भरतपुर महा नगरपालिका ११कै दुर्गा मान गुरुङ र लम्जुङ सुन्दरबजार बस्ने दिनेश जोशी पक्राउ परेकाहुन ।
प्रहरीले जुवाको खालबाट नेपाली रु ३,८५,२२५ रुपैया र भारतिय १८० रुपैया बरामद गरेका छन । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।
सिंहका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत कारवाहि गरीने बताए ।