खगेन्द्र पराजुली
मंसिर २०
१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत सनिबार कावासोतीमा अन्तरक्रियात्मक कार्यक्रम भएको छ । कावासोती नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा कावासोतीका वडा तहका महिला जनप्रतिनिधि, महिला सहकारी संस्थाका पदाधिकारी, लगायत महिला सञ्जालका प्रतिनिधिहरु सहभागी थिए ।
रोटरी क्लव अफ कावासोतीका अध्यक्ष भोजराज दाहालको अध्यक्षतामा भएको अन्तरक्रियात्मक कार्यक्रममा अधिवक्ताद्वय राधा उपाध्याय र दीपक भटराईले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा अधिवक्ताद्वयले लैङ्गिक हिंसा न्यूनिकरणका सवाल तथा बिद्यमान कानूनी अवस्था र यसका ब्यवहारिक पक्षका बिषयमा पैरवी गर्नुभएको थियो ।
शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल नवलपुर र रोटरी क्लव अफ कावासोतीको आयोजना तथा कावासोती नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा कावासोती नगरपालिकाका उप–प्रमुख प्रेमशंकर मर्दनिया, शिक्षा बिकास तथा समन्वय ईकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेल, शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल नवलपुरका सचिव बेदप्रसाद न्यौपाने, रोटरी क्लव अफ कावासोतीका संस्थापक अध्यक्ष भरत पोख्रेल लगायतले बिषयकेन्द्रित भनाई राखेका थिए ।