९ मंसीर, नवलपुर—
स्वास्थ्य कार्यालय नवलपुरले हुप्सेकोटमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य कार्यालयको आयोजनामा बिषादीरहित खाद्य तथा पोषण प्रवद्र्धन सम्वन्धी अभिमुखीकरण भएको हो ।
स्थानीय जनप्रतिनिधी र कृषकहरु गरी ४४ जना सहभागीलाई प्रशिक्षण दिईएको स्वास्थ्य कार्यालयका शिवशरण पराजुलीले बताए ।
स्वास्थ्य शाखा हुप्सेकोटका प्रमुख कृष्णप्रसाद सापकोटा, स्वास्थ्य शाखाका उषा बस्याल, हुप्सेकोट कृषि शाखाका वरिष्ठ कृषि प्राविधिक राजेन्द्र गौडेल र स्वास्थ्य कार्यालय नवलपुरका शिवशरण पराजुलीले कार्यक्रममा सहजीकरण गरेका थिए ।
हुप्सेकोट ३ को मयुरपोखरी सामुदायिक वन समितिको भवनमा आयोजित कार्यक्रमको अध्यक्षता वडा नं. ३ का अध्यक्ष छविलाल मिधुनले गरेका थिए ।
सहभागीलाई अभिमुखीकरणका प्रशिक्षकहरुले विषदीरहित कृषि उत्पादनलाई वढावा गर्दै लैजान जोड दिएका छन् । बिषादी हालिएको कृषि उत्पादनको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने हुदा यसको विकल्पमा कृषि वाली–नालीमा जैविक–रसादीको प्रयोग गर्नका लागी त्यस्ता रसादीहरु बनाउने र प्रयोग गर्ने बिधीहरु अभिमुखीकरणमा सिकाईएको जनाईएको छ ।