घरHeadlineसुक्का पहिरो खस्दा नवलपुरका ५ जना मजदुरको निधन

सुक्का पहिरो खस्दा नवलपुरका ५ जना मजदुरको निधन

कार्तिक

कालिगण्डकी करिडोरमा काम गर्नेक्रममा माथिबाट खसेको ढिस्को सहितको पहिरोले ५ जना मजदुर पुरिएका छन् । करिडोरको बुलिङ्टार गाउँपालिका वडानम्बर ३ को खसुवा भन्ने ठाउँमा उनीहरु पुरिएका हुन् ।

भित्तातर्फ बलियो गराउन ग्याभिन भरिरहेका मजदुरलाई माथिबाट खसेको ढिस्कोले ग्याभिन भरिरहेको अवस्थामा ग्याभिन सहित उनीहरुलाई पुरेको हो ।

पहिरोमा पुरिनेहरुमा बुलिङ्टार गाउँपालिका वडानम्वर ४ ढुँग्रेका रहेको भन्ने बुझिएको र थप विवरण आउन वाँकी छ । अहिले पहिरो पन्छाई निकाल्ने काम जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७ जना पुरिएकोमा २ जनालाई सकुशसल उद्दार गरी घाइते उनीहरुको उपचारका लागि भरतपुर अस्पताल पठाइएको र वाँकीको खोजी भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया