घरHeadlineसञ्चार क्षेत्रलाई मेरो पत्र

सञ्चार क्षेत्रलाई मेरो पत्र

सम्पूर्ण सञ्चार कर्मी लाई मेरो आग्रह के छ भने तपाईहरुको आफै आमजनतालाई अँध्यारोबाट उज्ज्यालो तर्फ लग्दै सुसूचित गर्ने प्रमुख माध्यमका साथै राज्यको चौथो अंगको रुपमा रहेको महत्त्व पूर्ण क्षेत्र हो।आहिले को पछिल्लो समय मा तपाईहरु covid _१९ र तिनको समाचार प्रसारण गर्नमा  नै प्रमुख भूमिका निर्वाह गरिरहनुभएको हो कि जस्तो लागेको छ तर  विश्व महामारीको रुपमा फैलिएको coronavirus बाट सुसूचित गराउनको लागि सञ्चारको भूमिका महत्वपूर्ण पनि छ तर यसो गर्दैगर्दा अरु विविध पक्षमा  आम जनतालाई सुसूचित गर्नमा केही कमी आएको हो कि जस्तो महसुस गरेको छु। उनीहरूको समस्या लाई केन्द्रीय तहसम्म पुर्याउन को लागि संचारको भूमिका अग्रणी हुनपर्ने मा अहिले त्यसमा कमी आएको छ ।

विश्व महामारीको रुपमा फैलिएको corona virus का समचार लाई मात्र बढी प्राथमिकता दिएर प्रसारण गर्दा अन्य समस्याहरूले  कम प्राथमिकता पाएका छन्। आम सर्वाधारणको समस्या लाई त्रसित पार्ने खालको समचारले मानिसमा झन् पीडा बोध भएको प्रति सञ्चार माध्यम सचेत हुने हो की? नेपाल सरकारको स्वास्थ्य मन्त्रालय बाट दैनिकरुपमा coronavirus संग सम्बन्धित रहेर प्रसारण गर्ने सूचनाले जनतालाई सुसूचित भन्दापनि बढी त्रसिद बनाएको अनुभूति हुन थालेको छ। यसमा पनि प्रत्येक प्रदेशको अवस्था बताउनु भन्दा समग्र देशको तथ्याङ्कलाई एकमुष्ट बताउन सकेमा जनतामा निराशाको बादल कम हुँदै जाने थियो  त्यसलाई छुट्टै नबनाई प्रवक्ता बाट भन्दा समचार मै समावेस गरेर प्रेषित गर्न सके जनतामा त्रास कम हुने थियो। यस्तो मन्त्रालयबाट आउने समचारहरु महामारीको बेला मात्र नभएर अरु बेलामा पनि सबै मन्त्रालयहरूले आफूले गरेका र गर्ने  विभिन्न गतिविधिहरु रुपमा हाल स्वास्थ्य मन्त्रालयले  जस्तै तिमा पनि हप्तामा एकपटक पर्नेगरी विभिन्न क्रियाकलापहरूको बारेमा सूचना सम्प्रेषण गर्न सकेकोमा सरकारप्रति जनता को विश्वास बढ्ने थियो कि? सम्पूर्ण सञ्चारकर्मी मित्रहरुलाई कोरोना भाइरसको नै प्रमुख समचार नबनाई अब अन्य सचेतनामूलक क्रियाकलापहरु र विकास निर्माणका गतिविधिलाई प्रमुख समचार बनाउँदै दिनमा एकपटक मात्रै कोरोनाको विषयमा समचार बनाएर वातावरण सहज बनाउन तर्फ केन्द्रित हुने हो कि? यसबारेमा सञ्चार क्षेत्रले भूमिका खेल्नुपर्ने देखिन्छ। केही सञ्चारमाध्यमहरूले अहिले कोरोनाको मात्र नभई अन्य समाचारलाई पनि बढी प्राथमिकता दिन थाल्नुभएको छ तर कोरोनाको समचार प्रमुख समचार बन्न बाट बन्चित हुन चाहि सकेको छैनl।

राज्यका प्रमुख संचारमाध्यमहरु बाट जनतालाई राहात हुनेखालका समाचारहरु प्रेषित नगरी त्रसीत हुनेखालका समचारमा बढी केन्द्रित भएको देख्न सकिन्छ।  यसले आम सर्वसाधारण मानिसलाई आफ्नो दैनिकीमा फर्किन अवरोध सिर्जना गरिरहेको छ। हो विश्व महामारीको रुपमा विश्व स्वास्थ्य संगठनले covid-19 लाई जसरी हाउगुजी  बनाइरहेको छ ।तर  आधिकारिक रुपमा यथार्थ सबै देश को परिस्थिति लाई प्रतीकात्मक तरिका र स्थानीय उपचारलाई प्राथमिकता दिन सकेको छैन र त्यसलाई सहज बनाउन तर्फ केन्द्रित भएको पटक्कै देखिँदै।

यसले विश्व जगतलाई नै अस्तव्यस्त बनाएको छ। यसप्रति सञ्चारकर्मी नै  अब वातावरण सहज बनाउन तर्फ केन्द्रित हुने पर्ने अवस्था आएको हो कि?  संचार माध्यमबाट पनि अब स्थानीय  उपलब्ध स्रोत र साधनहरुलाई अधिकतम प्रयोग गर्दै वातावरण सहज बनाउन तर्फ सुसूचित नबनाउने  हो भने अब झनै ठूलो महामारी नआउला भन्न सकिँदैन ।

यद्यपि जे भएपनि सञ्चार माध्यमबाटै आम नागरिक लाई सुसूचित बनाउँदै राजनीतिक मुद्दा भन्दा स्वास्थ्य का मुद्दा लाई प्राथमिकतामा राख्दै जनतालाई आज परिस्कृत र परिवर्तित खालका समाचार बनाउन केन्द्रित हुँदै दैनिक जीवन सहज हुनेखालका समचार बनाउँदा बनको बाघले भन्दा मनको बाघ खाने डरबाट जनता मुक्त भई सहज वातावरण निर्माण हुन्थ्यो कि ?

माधवप्रसाद सिग्देल, गैंडाकोट -१ नवलपुर

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया