रेडियो सामर्थ्य
असार २०
नेपाल प्रहरी समक्ष दुखः र अन्याय परेका पीडक मात्र आउने भएकाले प्रहरीले सँधै त्यस्ता पीडामा परेका नागरीकको पीडामा राहत पुग्ने ब्यवहार सहित सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।
नवलपुर सदरमुकाम स्थित नव निर्मीत जिल्ला प्रहरी कार्यालय नवलपुरको कार्यालय भवन र नवनिर्मित ब्यारेक (आवास घर) को शनिवार उद्धाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।
नवनिर्मित भवनको सनिबार उद्धाटन गर्दै ज्ञवालीले प्रहरी महानिरीक्षक ज्ञवालीले नेपाल प्रहरीले नागरिकको स्वास्थ्य सुरक्षा र सीमा व्यवस्थापनमा समेत काम गरिरहेको बताउनु भएकोछ । उहाँले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका क्रममा नेपाल प्रहरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि दिनरात नभनी अग्रमोर्चामा खटिएको बताए । महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रणमा अपराधको मूल जरो पत्ता लगाउन सके निर्मुल गर्न सकिने बताउदै गर्दै स–साना र मुण्टा मात्रै निमोठे अपराधिक गतिविधी अझ मौलाउन सक्ने भन्दै अपराधिक गतिविधि गर्नेको जरै काट्नुपर्ने उहाँको तर्क रहेको थियो ।