घरHeadlineपत्रकारलाई महामारी र रिपोटिङ्ग बिषयमा जुम तालिम

पत्रकारलाई महामारी र रिपोटिङ्ग बिषयमा जुम तालिम

सामथ्र्य डेक्स
सायरा मिडिया एण्ड ईभेण्ट्स प्रालिको आयोजनामा सनिबार पत्रकारहरुका लागि महामारी र रिपोटिङ्ग बिषयमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जुम क्लाउड मिटिङ्ग एपको सहयोगमा अनलाईन रुपमा संचालित सो कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धमेन्द्र झाले सहभागी पत्रकारहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
पुर्व अध्यक्ष झाले महामारीका बेलामा पत्रकारहरु अत्यन्त जोखिममा हुने भन्दै सावधानी अपनाएर रिपोटिङ्ग गर्न सुझाव दिनुभएको थियो । यस्तो बेलामा जोखिम त छदैछ , त्यो भन्दा पनी रिपोटिङ्ग गर्ने बिषयबस्तु , स्थान लगायतका कुरा पहिचान गर्न पत्रकारनै सजक रहनुपर्ने बताउनुभयो । उहाँले जोखीमको बखतमा निकै चनाखो भएर समाचार सम्प्रेषण गर्न पर्दछ , सत्य र तथ्य सुचना दिने कुरामा पत्रकार चुक्न नहुने कुरामा जोडढ दिनुभयो । झाले महामारीका बेलामा बिज्ञापनमुखी नभई खोज मुलक समचार संकलन र सम्प्रेषण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पुर्व अध्यक्ष झाले लकडाउनको रिपोटिङ्ग अनुभव , पत्रकारहरुलाई आईपर्ने अप्ठ्याराहरु , विपद्को बेलामा पत्रकारहरुको भुमिका , काम कर्तव्य लगायतका बिषयमा आफ्नो अनुभव र धारणा प्रस्तुत गर्नुभएको थियो ।
सायरा मिडिया प्रा.लिले कोरना भाइरसको महामारीमा कोरना भाइरस संक्रमणको समयमा पत्रकारका चुनौती, अवसर, रिपोटिङ्ग गर्दाका असहजता र त्यसको व्यावस्थापन र महामारीका बेलामा रिपोटिङ्ग गर्दा अपनाउनुपर्ने तरिकाका बिषयमा जुम तालिम प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पुर्व धमेन्द्र झाद्धारा तालिम प्रदान गरीएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया