कावासोती, असार २
सरकारले लक डाउनलाई खुकुलो पारे सगै नवलपुर जिल्ला विपत व्यावस्थापन समितिको बैठकले जिल्लाका व्यापार व्यावसाय खोल्ने निर्ण गरेको हुदा उक्त निर्णय कार्यन्वयन गर्न नवलपुर उद्योग बाणिज्य संघले अनुरोध गरेको छ ।
रेडियो सामथ्र्य सग कुरा गर्दै नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले कोरना भाइरसका कारण बन्द रहेका जिल्लाका सबै पसल व्यावसायहरु संचालन गर्न आग्रह गर्नुभएको छ ।
अध्यक्ष पोख्रेलले लक डाउनका कारण व्यावसायीहरु धरासाही बनेको भन्दै सरकारले राहातको प्याकेज धोषणा गर्न समेत आग्रह गर्नुभएकोछ । यस अगी संघले सबै स्थानिय तह मार्फत व्यावसायीलाई राहात स्वरुप घरधनीले घरभाडा नलीन आग्रह गरीदिन अनुरोध समेत गरेको थियो ।