घरHeadlineमंगलबार नवलपुरमा १२ जना कोरोना संक्रमण पोजेभिट

मंगलबार नवलपुरमा १२ जना कोरोना संक्रमण पोजेभिट

नवलपुर, २७ जेठ
पूर्वी नवलपरासीमका मंगलबार १२ जनामा कोरोना संक्रमण पोजेभिट देखिएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा १२ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।
ति सबै बौदीकाली गाउँपालिकाका हुन् । ति सबै पुरुष हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार बौदीकाली २ का १९ र ३० बर्षका २ जना पुरुष, बौदीकाली ३ का ३० बर्षीय १ जना पुरुष, बौदीकाली ४ का १८, १८, १९, २०, २१, २२, २२, ३० र ४० बर्षका गरी ९ जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
बौदीकालीमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या नवलपुरमा ३४ पुगेको छ ।
सोमबार कावासोतीका ३ जना र गैडाकोटका २ जनामा कोरोना संक्रमण देखिएको थियो भने आइतबार नवलपुरको ४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया