घरHeadlineनवलपुरमा थप ५ जनामा काेरना संक्रमित , संक्रमितकाे सख्या २२ पुग्याे

नवलपुरमा थप ५ जनामा काेरना संक्रमित , संक्रमितकाे सख्या २२ पुग्याे

नवलपुर, जेठ, २६

नवलपरासी पुर्वमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । पाँच जना मध्ये ६३ बर्षिय एक महिलासँगै अन्य ३३, ३९, २१ र ४० बर्षका पुरुष रहेको भरतपुर अस्पतालले जनाएको छ । भरतपुरमा गरिएको परीक्षणमा स्वाबको नतिजा पोजेटिभ आएको हो । यससँगै नवलपरासी पुर्वमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।

नवलपुरका संक्रमित चार मध्ये गैंडाकोट नगरपालिका वडां नं ७ का ३९ बर्षिय पुरुष र वडां नं ८ का ३३ बर्षिय पुरुष, कावासोती नगरपालिका वडा नं १ का ४० र २१ बर्षिय पुरुष र वडा नं. ६ की ६३ बर्षिय महिला रहेको स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।

भरतपुर अस्पतालमा परीक्षण गरिएको पछिल्लो स्वाब नतिजा अनुसार नवलपुरका ५ जनासँगै चितवनका १७ जना र धादिङका एक जनामा पोजेटिभ आएको भरतपुर अस्पतालले फेसबुक लाइभ मार्फत जानकारी गराएको छ । भरतपुर अस्पतालमा १ जना आईसियुमा, २ जना आइसोलेसनमा र ५ जना भरतपुर बिशेष कोरोना अस्थायी अस्पतालमा रहेका छन् भने ३ जनाले कोरोनालाई जितेर घर गएको बताइएको छ ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट श्रीराम तिवारीले संकलन गरिएका पछिल्लो ३ सय १० जनामध्ये २३ जनाको नतिजा पोजेटिभ आएको बताए । साथै संक्रमित मध्ये दुई जना स्वास्थ्यकर्मि पनि रहेको डा. तिवारीले जानकारी दिए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया