घरHeadlineहुप्सेकोट सोमवार देखि अत्याबश्यक बाहेकका अन्य सेवा बन्द

हुप्सेकोट सोमवार देखि अत्याबश्यक बाहेकका अन्य सेवा बन्द

नवलपुर

नवलपुरको हुप्सेकोट गाउंँपालीकाले सोमवार(अाज) देखि स्वास्थ्य सेवा वाहेकका अन्य सेवाहरु वन्द गर्ने भएको छ । आईतवार एक सुचना जारी गर्दै गाउँपालीकामा पनि आइतवार ४ जनामा कोरोना संक्रमण देखीएकोले सिंगो गाउपालीका नै जोखीममा रहेको भन्दै अत्याबश्यक बाहेकका अन्य सेवा बन्द गरिएको जनाएको हो ।

सुचनामा भनिएको छ “हाल सम्म गाउँपालीकामा गरिएको परिक्षणमा ४ जनामा कोरोना पुष्टि भएको र बिभिन्न जिल्ला लगायत रोजगारीको सिसिलामा छिमेकी मुलक भारत एबं अन्य मुलुकबाट गाउँबासीहरु घर फर्कने क्रम बढेको हुदा सिंगो गाउपालीका नै उच्च जोखीममा रहेको देखीएकाले यस गाउपालीकाबाट प्रबाह गरिने अत्यावश्यकका सेवा मध्येको स्वास्थ्य सेवा बाहेक योजना सम्झौता, योजना फरफारक, सबै प्रकारका भुक्तानि, सिफारिस लगायतका सम्पुर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाकारी गराउँदछौ।” हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले सबै गाउबासीहरुलाई धैर्य एबम् संयमित बनेर बस्न समेत आग्रह गरिन् ।

कोरोनाको संक्रमण वढ्दै गएकाले डर भन्दा पनि सचेत बन्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । हुप्सेकोट गाउँपालिका भित्रका सवै क्वारेण्टिनलाई ब्यबस्थित बनाइएकाले कुनै डर नरहेको उनले बताईन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया