घरHeadlineनवलपुरका एक संक्रमितको आइसियुमा

नवलपुरका एक संक्रमितको आइसियुमा

नवलपुर, जेष्ठ २६

नवलपुरको हुप्सेकोट निवासी ३५ बर्षीय एक जना कोरोना संक्रमितको आइसियुमा उपचार भईरहेको छ ।
हुप्सेकोटको क्वारेन्टाइनमा रहेका उक्त पुरुषलाई एक्कासी स्वास प्रस्वासमा समस्या देखिने जस्ता कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि शनिबार उपचारका लागि चितवनको भरतपुरमा रहेको कोरोना विशेष अस्पताल लगिएको थियो ।
भरतपुर अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको अवस्था मध्यम र स्थित रहेको जनाएको छ ।
उनको आइतबार पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
नवलपुरमा भेटिएका १३ जना संक्रमित मध्ये १ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने अन्यको उपचार भईरहेको छ । बाँकीको अवस्था भने सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया