घरHeadlineघरभाडा छुट गरिदिन नवलपुर उधाेग बाणिज्य संघकाे निर्णय

घरभाडा छुट गरिदिन नवलपुर उधाेग बाणिज्य संघकाे निर्णय

सागर पाेखरेल

कावासाेति, जेष्ठ २५

विश्वभर महामारिकाे रुपमा फैलियकाे काेरना भाईरस ( काेभसट १९ ) का कारण थला परेकाे निजि क्षेत्रलाई राहात स्वरुप नवलपुर उधोग बाणिज्य संघको अाईतबार संस्थाका अध्यक्ष डासुराज पाेखरेलकाे अध्यक्ष्ातामा  बसेको पदाधिकारी बैठकले जिल्लाभरका गाउपालिका र नगरपालिकाहरुलाई घरबहाल कर छुट गर्न अनुरोध गर्ने निर्णय गरेकाे नवलपुर उघाेग बाणिज्य संघका महासचिव बैकुठ अर्यालले बताउनु भयाे ।

संस्थाकाे सचिवालयमा अाज सम्पन्न पदाधिकारीकाे बैठकले नेपाल सरकारले तोकेका अत्यावश्यक सेवा प्रदायक ब्यवसाय बाहेकका उधोगी ब्यवसायीहरुका हकमा  लकडाउन समय अवधिको घरबहाल भाडा छुट गर्न अनुराेध गरि कार्यन्वयन गरिदिन नवलपुर जिल्लाका स्थानिय पालिकाहरुमा घर धनिलाई अनुराेध गरिदिन पत्रचार गर्ने निर्णय गरेकाे महासचिव अर्यालले बताउनुभयाे ।

लक डाउनका कारण साना तथा ठुला व्यावसायिहरु अहिले तेहाेराे चपेटामा परेका छन ।

बैक तथा वितिय संस्था मार्फत लियकाे कर्जाकाे सावा र व्याज भुक्तान गर्ने ताकेतामा त यसैछन त्यसैमाथि व्यावसाय र व्यापार संचालन नगरि घर भाडा भुक्तानी गर्नुपर्ने अार्काे वाध्यतामा परेका छन ।

नेपाल सरकारले समेत अागामि असार ७ गते भित्र सबै कर दाखिला गर्न यस अगिनै निर्णय गरिसकेकाे छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया