नवलपुर,
कावासोती – १४
छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै संस्थाका सदस्यहरु

त्रिभुवनटारमा मा मुख्य कार्यालय रहेको अग्यौली साना किसान कृषि सहकारीले अन्तत शेयर सदस्यको जनदवावपछि छानविनको प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा संचालक समिति देखी कर्मचारीले आर्थिक हिनाबिना गरी संस्थालाई धरासाही बनाउन लागीपरेको उल्लेख छ । कृषकहरुको आर्थिक सम्पन्नता र विशेष गरी कृषक ऋण प्रदान गर्ने स्थापना भएको सहकारीले नै कृषकहरुबाट संकलित रकम अपचलन गरेको पाईएको छ । संस्थामा आर्थिक हिनाविना भएको भन्दै २ महिना अगी संचालक समितिले छानविन समिति गठन गरेको थियो छानविन समितिले जेष्ठ १० गते सनिवार आफ्नो प्रतिवेदन छानविन समितिका संयोजक अर्जुन श्रेष्ठले संस्थाका अध्यक्षको अनुपस्थितीमा उपाध्यक्ष सारदा पाण्डेलाई बुझाएको थियो ।
प्रतिवेदनमा संस्थाका समिति देखी कर्मचारीले आर्थिक अपचलन गरेको पाइएको छ । प्रतिवेदनमा संस्थाकै अध्यक्ष हरी बस्नेतले समेत सहुलियत ऋणको नाममा निर्णय भएको रकम अन्य फमको कागजात राखी लिएको । समिति सदस्य हेमराज दाहालले समेत सहकारीको पैसा अपचलन गरेको ठहर समेत गरेको छ । दाहालले एकाघर परीवार सदस्यको नाममा दुई जनाले ऋण नपाउने संस्थाको विधान, ऋण नीति र आर्थिक नियमावली विपरीत लिएको समेत पाईएको छ । १० लाख भन्दा बढी रकम लिन फम दर्ताको कागजात पेश गर्नुपर्ने भएकोले उनी संचालक नरहेको भिन्न भिन्न फमको नाममा एकघर परीवारको नाममा रहेको जग्गाधनी अन्य व्याक्तिको नाममा रहेको फमको कागजात पेश गरी ऋण लिएको प्रतिवेदनमा उल्लेख गरीएको छ । संचालक समिति सदस्य दाहालले गिरवारी काउन्टरबाट बचत फिर्ताको नाममा पटक पटक गरी २२ लाख ९९ हजार रुपैयाँ चलाएको । दाहालले केही समयपछि आफ्नो व्याक्तिगत नाममा रहेको चेक मार्फत उक्त रकम संस्थाको नाममा जम्मा गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
सहकारीको रकम हिना विना गर्ने र हिनाविना गर्ने काममा संस्थाका व्यवस्थापक देखि काउन्टर इन्चार्जहरु समेत देखीएका छन । मुख्य कार्यालयका कर्मचारीहरुले कर्मचरीले पशुधन विमामा समेत अनियमितता गरेको पाईएको छ । उनीहरुले पशुधन विमा रकम समेत बढी भुक्तान दिएको पाईएको छ भने पशुधन विमाको प्रिमियम रकम कार्यालयमा दाखीला हुनु अधिनै मृत्यु भएको पशुको समेत विमा रकम भुक्तान दिएको पाईएको छ । भने स्थानिय क्षेत्रमा विक्री गरेको रकम समेत कर्मचारीले राख्ने गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ । मुख्य कार्यालयबाट व्यवस्थापकले सहकारीबाट किसानहरुले आवेदन गरेको कर्जाको रकम भन्दा कम रकम दिने र कर्जाको बाँकी रकम ऋणीको नाममा कर्मचारीहरुले चलाउने , संस्थाको नाममा जम्माहुनु पर्ने रकम सफ्टवयको माध्यमबाट मिलाई आफ्नै गोजी भर्ने जस्ता गतिविधिमा संलग्न रहेको पाइएको बताए । कर्मचारीहरुले सफ्टवयरको माध्यमबाट F 8 प्रयोग गरी ऋणीहरुले लिन तिर्न आउने ब्याजमा समेत बढी रकम लिएर कम रकम खातामा चढाएर ब्याज रकम समेत लाखौं रुपैयाँ अपचलन गरेको देखिएको छ ।
क -कस्ले कति हिना विना गरे त ?
छानविन समितिले पेश गरेको प्रतिवेदन अनुसार संस्थाका प्रवन्धक बद्री रिजाल रु ७ लाख ५ हजार ७३१, अन्नत कुमार चौवे १४ हजार २९०, तेजेन्द्र महतो १४ हजार ४८४, हेमन्त ढुङ्गाना ७१ हजार ३२१, राजेश श्रेष्ठ २४ लाख ६० हजार १७५ , पुर्व कर्मचारी जानुका ढुङ्गाना ६ लाख ८२ हजार १६७ प्रतिवेदनमा उल्लेख गरीएको छ । छानविन समितिले संचालक समितिलाई निजहरुबाट ब्याज र रसिद मिलाएक र आर्थिक अनियमितता गरेको प्रतिवेदन बुझाएको छ । त्यस्तै पशुघन विमामा ४ हजार ५ सय बढी भुक्तान दिएका छन भने मरेपछि विमामा १ लाख ९३ हजार ५ सय रकम सहित १ लाख ९८ हजार रुपैया असुल गर्न सुझाव दिएको छ सहकारीका डेरी साहायक नेत्र तिवारीले दुग्ध बिक्रीबाट अपचलन गरी विभिन्न समयको रकम कुल रु ५ लाख ११ हजार १२८ रुपैया मध्ये केही रकम उसुल उपर गरेकाे भएकाे र बाकि रकम असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । संस्थाका कर्मचारी हेमन्त ढुङ्गानाले दुधको रकम रु १४ लाख ९२ हजार ३०६ रुपैया अपचलन गरी २९ दिनमा संस्थामा जम्मा गरेको समेत प्रतिवेदनमा उल्लेख छ । लेखा साहायक राजेश कुमार श्रेष्ठले टोक माया महतोको नाममा कृते खाता खोली मुख्य कार्यालयबाट तिन पटक गरी २ लाख ५० हजार रुपैया बचत फिर्ताको नाममा निकालेको समेत प्रतिवेदनमा देखाईएको छ । मुख्य कार्यालयबाट प्रवन्धक बद्री रिजाल र लेखा साहायक राजेश श्रेष्ठले २२ जना कृषकको नामबाट करीब १ करोड बढी रकम चलाएको समेत प्रतिवेदनमा उल्लेख गरीएको छ ।
छानविन समिति संयोजकको दुखेसो
संस्थाले कार्यालयको आर्थिक प्रगति छाविन गर्न अर्जुन श्रेष्ठको संयोजकत्वमा २ महिना अगी छानविन समिति गठन गर्यो समितिले निर्धारीत समयमानै प्रतिवेदन संचालक समितिलाई बुझाउन खोज्दा संस्थाका अध्यक्ष अनुपस्थित भएकोमा छानविन समितिलाई आफुहरुले तयार पारेको प्रतिवेदन कार्यन्वयन हुने कुरामा आशंका गरीसकेको थियो ।
जेष्ठ १२ गते समितिको बैठकले छानविन समितिले पेश गरेको प्रतिवेदनका दोसीलाई कारवाही गर्ला भन्ने आशमा रहेका थिए तर समितिले आफुहरुले पेश गरेको प्रतिवेदनलाइ किनारा लगाउने मनसायले विज्ञ सहितको टोलीबाट छानविन गर्ने भनी विज्ञ सहितको नाम एकाएक बैठकमा निर्णय गराए पछि समितिका पदाधिकारीनै छानविन समितिको प्रतिवेदन कार्यन्वयमा लाग्छ भन्ने विश्वस श्रेष्ठलाई छैन ।
साेमबारकाे समितिकाे बैंककमा ३ जनाले सदस्यले नट अफ डिसिजन लेखेकाे र १ जना बैंककबाटै निस्किएर गएका थिए ।
श्रेष्ठले भने – ‘यती दुख गरेर लक डाउनको समयमा समेत आफ्नो स्वास्थ्य शुरक्षाको समेत व्यावस्था गर्दै संस्थाको प्रगतिको लागी प्रतिवेदन पारीयो तर समितीले बैठकबाट कार्यन्वय गर्ला भनेको त सल्लाहाकार समिति गठन गर्ने बिज्ञ व्याक्तिबाट छानविन गर्ने जस्ता निर्णय गरेपछि प्रतिवेदन कार्यन्वय हुने कुरामा उनलाई आशंका छ ।’( छानविन समितिको प्रतिवेदन )