घरHeadlineविनयी त्रिवेणीकाे वडा नंं. ६ र ७ एक साता शिल

विनयी त्रिवेणीकाे वडा नंं. ६ र ७ एक साता शिल

नवलपरासी, ९ जेठ ।

६५ बर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र उक्त वडासँग जोडिएको वडा नं. ७ शुक्रबारदेखि एक साताको लागि शिल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विनयी त्रिवेणी गाउँपालिका वडा नंं ६ र ७ त्रिवेणीलाई शिल गरिएको बताए ।
उनले बैंक, वित्तीय संस्था, पसल खोल्न बन्द गरिएको साथै घरबाट कोही पनि एक सातासम्म बाहिर ननिस्कनका लागि प्रहरीले माइकिङ्ग समेत गरेको बताए ।
त्यसैगरी विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले विनयी त्रिवेणी ६ र ७ नम्बर वडामा आमसर्वसाधारणलाई आउजाउ समेत गर्न नदिने गरी रोक लगाइएको बताए ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया