घरHeadlineकावासाेतिले क्वारेन्टाइनमा रहेकाका व्याक्तिकाे पि सि अार नेगेटिभ अायका ५ जना घर

कावासाेतिले क्वारेन्टाइनमा रहेकाका व्याक्तिकाे पि सि अार नेगेटिभ अायका ५ जना घर

सामर्थ्य एफ एम , कावासाेति
कावासाेति नगरपालिकले भारतिय सिमानाकामा अड्कियर बसेकालाई नगरपालिकाले नगरका उप प्रमुखले चलाउने सवारि साधन र एम्बुलेन्स मार्फत नगरपालिका ल्याई क्वारेन्टाइनमा राखियकाे नगरवासिकाे स्वब परिक्षण गरि घर पठाउन थालेको छ ।
गत जेष्ठ ५ गते भारतिय सिमानाकामा रहेका नगरवासिलाई कावासाेति नगरपालिकाले स्वाब परिक्षण मार्फत नेगेटिभ रिपाेट अाय सगै सम्वन्धित बडाका वडा अध्यक्ष मार्फत घर पठाईएकाे नगरका उप प्रमुख तथा विपत व्यावस्थापन समिति संयाेजक प्रेम शंकर मर्दनियाले जानकारी दिनुभयाे ।
अाज ( शुक्रबार ) भारतिय सिमानामा अलपत्र परेका नगरवासि वडा नम्बर १२ का शम्भु थनेत , ११ का मीन बहादुर गुरुङ , १० का राज चाैधरि,१४ का गाेविन्द महताे र १३ का संजय विककाे स्वाब परिक्षण गर्दा नेगेटिभ अाए सगै सम्वन्धित वडा अध्यक्ष मार्फत घर परिवारकाे जिम्मामा पठाईयकाे मर्दनियाले जानकारी दिनुभयाे ।
नगरपालिकाले हाल सम्म १८ जनालाई वाेडरबाट उद्वार गरेकाे थियाे । वाकि १३ जना लाई भने सम्वन्धित वडा कार्यालयमा स्थापना गरियकाे क्वारेन्टाइनमा र कावासाेति ३ मा रहेकाे कुमारि अस्पतालमा राखियकाे छ । क्वारेन्टाइनमा राखियका अन्य नगरवासिकाे पिसिअार परिक्षण गरि नेगेटिभ अाय सगै वडा अध्यक्ष मार्फत परिवारकाे जिम्मा लगाउदै पठाईने उप प्रमुख मर्दनियाले बताउनु भयाे ।
नगरपालिकाले शुक्रबार पनि सिमानामा अलपत्र परेका वडा नम्बर ८ काे १ जना र वडा नम्बर ११ का ४ जनालाई ल्याउदै गरेकाे मर्दनियाले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया