घरHeadlineदस दिन माईत थिईन भाईरस संक्रमित महिला

दस दिन माईत थिईन भाईरस संक्रमित महिला

खगेन्द्र पराजुली, 
७ जेठ, नवलपुर । 
काठमाण्डौमा स्वाव परीक्षण गर्दा  कोरोना भाईरस संक्रमण पुष्टि भएक देबचुली माईत भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङका आधारमा माईती घरमा उनको सम्पर्कमा  रहेकाहरुको स्वाव संकलन हुन थालेको छ ।
सिजी उद्योग नजिक देबचुली २ मा माईती भएकी ती महिला गत बैशख १९ गते आफ्नो स्थायी घर रुपन्देहीबाट माईत बसी २९ गते काठमाण्डौ गएको खुलेको छ । सोही आधारमा १० दिन माईती घर बसाईका क्रममा उनीसँग सम्पर्कमा आएका परिवार लगायत अन्यको समेत स्वाव परीक्षण गर्नुपर्ने भएकाले संकलन शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।
वहाँले अहिले देबचुलीको सो क्षेत्रलाई पूर्ण रुपमा शिल गरिएको छ । वहाँले अहिले यस क्षेत्रमा स्थानीयलाई उच्च सतर्कमा रहन र आफूलाई सुरक्षित राख्न पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ ।
सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया