घरHeadlineचौधरी उद्योगमा २५५ जना भन्दै ६ सय श्रमिक उद्योगभित्र काममा

चौधरी उद्योगमा २५५ जना भन्दै ६ सय श्रमिक उद्योगभित्र काममा

भिम भुसाल, नवलपुर ।
नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योगको मनपरि प्रवृद्धि रोक्न स्थानियले आन्दोलन गरेका छन् । आज साँझ ६ बजे देखि स्थानिय उद्योगको मूख्य द्धार अगाडि नाराबाजीमा उत्रिएका हुन् ।
चैत्र १८, २० र २३ गते लकडाउनको समयमा उद्योग सञ्चालन गर्दा कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै स्थानियले उद्योग अगाडी आन्दोलित भएका थिए । त्यसपछी चौधरी उद्योगले उद्योग भित्रै काम गर्ने श्रमिकलाई क्वारेन्टाईनको ब्यवस्था गरि उद्योग सञ्चालनमा ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालय नवलपुर र देवचुली नगरपालिकाले संयुक्तरुपमा उद्योगको अनुगमन गर्दै २ सय ५५ श्रमिकलाई काममा लगाउने र उद्योग भित्रै क्वारेन्टाईनमा राख्ने चौधरी उद्योगको सहमतीमा उद्योग सञ्चालनमा आएको थियो । तर उद्योगले हाल ६ सय श्रमिकलाई काममा लगाएको र श्रमिकहरु उद्योगमा नबसी घरमै जानुपर्ने बाध्यता रहेको भन्दै स्थानियले आन्दोलन गरेका छन् । भारत लगाएत देशका विभिन्न जिल्लाबाट आउने सवारीमा कोरोनाको संक्रमण हुन सक्ने भन्दै स्थानियले तत्काल उद्योग बन्द गर्नुपर्ने वा ब्यवस्थित तवरले सञ्चालन गर्नुपर्ने माग राखेको सुन्दर बस्ती टोल सुधार समिति अध्यक्ष बिदोद सिलवालले जानकारी दिनुभयो ।
स्थानिय सरकार र जिल्ला प्रशासनको निर्देशनलाई बेवास्था गर्ने चौधरी उद्योगले कर्मचारीलाई दवाव र धम्किमा काम गराईरहेको नाम उल्लेख नगर्ने सर्तमा एक मजदुरले बताएका छन् । कोरोना संक्रमण फैलिरहेको भयावह अवस्था र देवचुली नगरपालिकाले हिडडुललाई समेत निषेध गरेको समयमा बिश्वकै धनाढ्य एंव सांसद समेत रहेका उधोगपती बिनोद चौधरीले कामदारको स्वास्थ्यको प्रवाह नगरी पैसा कमाउने ध्यानमा लागि परेको भन्दै स्थानियले चर्को बिरोध गरेका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया