घरHeadlineनवलपुरमा जंगली च्याउ खाँदा फेरी ५ जना बिरामी

नवलपुरमा जंगली च्याउ खाँदा फेरी ५ जना बिरामी

कावासोती :

नवलपुरमा जंगली च्याउ खाँदा फेरी ५ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मंगलबार साँझ जंगलबाट लइको बिषक्त च्याय खाँदा विनयी त्रिवेणी गाउँपालिका वडा ४ बस्ने चार जना बिरामी परेका हुन् । विरामी पर्नेहरुमा जानु आले , संगिता आले , चनिसरा आले र रेम तरामु मगर रहेका छन् । उनिहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।यस अघि पनि सोही स्थानमा जंगली च्याउ खाँदा ४ जना बिरामी परेका थिए । उनिहरु उपचार पछि घर फर्किएका छन् ।

यसैगरि मध्यबिन्दु न.पा.१४ बस्ने पदम रुचाल पनि मंगलबार साँझ जङ्गली च्याउ खाँदा विरामी परेको प्रहरीले जानकारी दिएको छ । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डा सामान्य उपचार पछि अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । उनको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया