कावासोती :

नवलपुर जिल्लामा लकडाउनको प्रभाव कम देखिएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै लकडाउन गरेपनि नवलपुरमा यसको व्यापक उलंघन भएको छ । मंगलबार बिहान कावासोतीमा रहेको अधिकाश बैंकमा सयौ मान्छे भेला भएका छन् । उनीहरु अधिकांश पुर्व भारतिय सैनिक र उनीहरुका परिवार हुन् ।
पेन्सन वापतको पेसा निकाल्न उनिहरु बैंक पुगेका हुन् । तर त्याहा न कुनै सुरक्षाको उपाय अवलम्बन गरिएको छ , न सामाजीक दुरी नै कायम भएको छ । लकडाउनका बेलामा सुरक्षाका उपायहरु अवलम्बन गरि सामाजिक दुरी कायम गरेर बैंकलाइ निश्चित समय तोकेर खोल्न सरकारले अनुमती दिएपनि बैकको कावासोती शाखाका बैकहरुले त्यसको उलंघन गरेको हो । कावासोती स्थित राजमार्गनै बैंकको शाखा भएपनि त्यहाँ न प्रहरी पुगेको छ, न त भिड कम गर्न कसैले भनेको छ ।
बैकले पनि सामाजिक दुरि कायम गरेर ग्राहकलाई सेवा प्रदान सकिने र काेरना भाईरसकाे जाेखिम न्युनिकरण गर्न सकिने माछापुच्छ्रे बैकका शाखा प्रवन्धक शेषराज पाेखरेलले बताउनुभयाे ।
पाेखरेलले बैक भित्र अावश्यक दुरि कायम गरि ग्राहाक लाईन बस्ने संकेत राखियकाे , ढाेकामै ग्राहाकलाई काउन्टर प्रवेशमा र ATM मा सेनेटाईजिङ गरिने , साबुन पानिले हातधुने व्यावस्था गरिएकाे बताउनु भयाे ।
पाेखरेलका अनुसार बैकमा भिड लाग्दा ग्राहाककाे मात्र नभई कर्मचारी समेत जाेखिममा पर्ने भएकाले सामाजिक दुरि र सुरक्षा अपनाउनु पर्ने बताउनुभयाे ।

कावासाेतिका केही बैकले मंगलबार बिहान ३ सय भन्दा बढी टोकन वितरण गरेको छ । तर एसवीआई
बैंकका प्रवन्धक कविन्द्र कण्डेलले आफुहरुले दिनदिनै बैंक खोलेर सेवा दिएपनि भिड कम नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले भिड नगर्न भनेका छौ, तर ग्राहकहरु मान्नु् हुन्न , एकैपटक सयौको संख्यामा आईदिनुहुन्छ ।” भिड रोक्न आफुहरुले नसकेको कंडेलको भनाइ छ । उहाँले प्रहरीलाई समेत खबर गरेको भएपनि प्रहरीले वास्ता नगरेको बताउनुभयो ।

कावासाेति नगरपालिकाका उप प्रमुख तथा विपत व्यावस्थापन समिति संयाेजक प्रेम शंकर मर्दनियाले बैकहरुले काेरना भाईरसले विश्व नै लक डाउनमा रहेकाे समयमा ग्राहाक र कर्मचारीकाे स्वास्थ्य र काेरना संक्रमण बाट जाेगिने स्वास्थ्य सुरक्षा अपनायर सेवा प्रदान गर्नुपर्ने बताउनु हुन्छ । अनुगमन समितिका संयाेजक समेत रहेका मर्दनियाले सामाजिक दुरि र स्वास्थ्य सुरक्षा नपनायकाे पाईयमा कारवाहि गरिने समेत बताउनुभयाे ।
उहाँले त्यसरी भिड गरेर कारोवार गर्न बैक मात्र नभई दैनिक उपभाेग्य सामाग्री विक्रेता, स्वास्थ्य सेवालाई समेत छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“त्यस्तो काम रोकीन्छ , यसले जोखिम बढाउँछ ।” आफुले व्यवस्थित तवरले कारोवार नगरे जाे सुकैलाई समेत कारवाहिमा पर्ने बताउनुभयाे ।
उहाँले नगरका विकास याेजना संचालन गर्दा पनि स्वास्थ्य सुरक्षा र सामाजिक दुरि कायम गरेर स्थानिय कामदार प्रयाेग गरेर काम गरिने समेत बताउनुभयाे ।
- नवलपुरको सदरमुकाम कावासोतीमा वाक्लो मात्रामा सवारी साधन चलेको देखिन्छ । पसलहरुपनि प्रसस्त खुलेको देखिन्छ भने मानिसहरुको आवतजावत पनी बाक्लो छ । तर स्थानीय प्रशासनले यसलाइ वेवास्ता गरेको छ ।