घरHeadlineगोली लागेर एक जना घाइते

गोली लागेर एक जना घाइते

नवलपुुुर ,

पूर्वी नवलपरासीमा गोली लागेर एक जना घाइते भएका छन् ।
पूर्वी नवलपरासीको दुर्गम पहाडी चुलीबोझा गाउँमा गोली लागेर एक जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुलिंटार गाउँपालिका वडा नं. ४ निवासी ४६ वर्षीय नरबहादुर मगर भरुवा बन्दुकको गोली लागेर घाइते भएका हुन् । उनको ढाडमा गोली लागेको छ ।
आइतबार दिउँसो ढाडमा गोली लागेका उनको चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
ढाडमा गोली लागेकाले घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी दीपक रेग्मीले बताए । उनले भने, ’घर नजिकै जंगलमा बाबुछोरा भरुवा बन्दुक लिएर गएको जानकारी पाएका छौं। थप अनुसन्धान हुँदै छ ।’ घटनापछि प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया