घरHeadlineरेडियो सामर्थ्य र सेन्ट जाेसेफ स्कुलद्वारा लकडाउनमा विद्यार्थीको लागी अनलाईन तथा रेडियो...

रेडियो सामर्थ्य र सेन्ट जाेसेफ स्कुलद्वारा लकडाउनमा विद्यार्थीको लागी अनलाईन तथा रेडियो कक्षा संचालन गरीने

रेडियो सामर्थ्र्य 
बैशाख १०
विश्वभर फैलिएको कोरना भाइरसको संक्रमण सगै विभिन्न स्थानमा परेको समस्याका लाई सहजीकरण गर्न पहल गरीएको छ । कोरनाको संक्रमण र जोखीमका कारण सरकारद्धारा लक डाउन धोषाणा सगै दैनिक विद्यालय जाने विद्याथीहरु यतीबेला घरमै बस्न बाध्य भएका छन ।
विगत बर्षमा यती बेला सरकारले विद्यार्थी भर्ना अभियान संचालननै चलायको थियो । यस बर्ष भने बिद्यालय जाने उमेरका बालबालिका घरमै बस्न बाध्य भएका छन । सुन्दर भविश्यको परीकल्पना गर्दै हातमा कापी र किताव च्यापेर विद्यालय जाने बालबालिकाको लागी कावासोती –३ मा रहेको सेन्ट जोसेफ विद्यालय र रेडियो सामथ्र्यद्धारा कक्षा १ देखी १० कक्षा सम्मका विद्यार्थीहरको लागी अनलाईन र रेडियो कक्षा संचालन गर्ने भएको छ । त्यस्तै कक्षा नर्सरी देखी युकेजी सम्म सिकाइ कक्षा संचालन गर्ने भएको छ ।
लामो समय सम्म विद्याथी घरमा बस्दा भोलीको शौक्षिक विकासमा समेत सहयोग पु¥याउन काठमाण्डौमा रहेको नेशनल मोडल साइन्स स्कुल (द नाम्स)को व्यावस्थापनमा अनलाईन तथा रेडियो कक्षा संचालन गर्न लागीएको सेन्ट जेसेफ स्कुलका प्रिन्सीपल कमल चापागाइले बताउनुभयो ।
अन्य मिडियाहरुमा ग्रामीण क्षेत्रका विद्यार्थीको पहुच नपुग्ने र रेडियोको माध्यमबाट ग्रामीण क्षेत्रका विद्याथीहरु समेत समेटिन भएकाले रेडियो मार्फत र सग सगै इन्टरनेटका पहुचमा रहेका लाई घरमै बसी बसी अध्ययन गर्ने बाताबरण श्रृजना गर्न अन्य विद्यालय सग सहकार्य गरेर रेडियो तथा अनलाईन शौक्षिक कार्यक्रम संचालन गर्न लागीएको रेडियो सामर्थ्र्य ९२.१ का प्रवन्ध निर्देशक सागर पोख्रेलले बताउनुभयो ।
निर्देशक पोख्रेलका अनुसार सहकार्य रहेका शौक्षिक संस्थाको पेज र रेडियोको आधिकारीक फेसबुक पेजबाट समेत प्रशारण गरीने बताउनु भयो । रेडियोको सामाजीक उत्तरदायित्व बहन गर्दै विगत बर्षमा समेत नमुना एस.एल.सी. परीक्षा, एस एल सी चौतारी जस्ता रेडियो कार्यक्रम संचालन गरीसकेको छ ।
रेडियो अनलाईन अध्यापन कक्षा आगामी बैशाख १६ गते संचालन गरीने भएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया