घरHeadlineनेपालमा काेरना संक्रमित सख्या ४२, उदयपुरमा मात्र २४ संक्रमित , उदयपुर जिल्लानै...

नेपालमा काेरना संक्रमित सख्या ४२, उदयपुरमा मात्र २४ संक्रमित , उदयपुर जिल्लानै शिल

काठमाण्डाै , बैशाख ९
उदयपुरमा  थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ ।
काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । प्रदेश नम्बर १ सरकारले उदयपुर जिल्लालाई नै शिल गर्ने निर्णय गरेकाे छ ।
उदयपुरमा मात्रै २४ जना सङ्क्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि कोरोना सङ्क्रमण देखिएपछि मस्जिद वरपरका मानिसको नमुना परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।

सङ्क्रमितमध्ये ४ जना उपचारपछि घर फर्किसकेका छन् ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया