सागर पाेखरेल

कावासाेति ,बैसाख ८
लकडाउनकाे अवधिमा तरकारी र खाध्यवस्तुमा हुने कालाेवाजारि नियन्त्रण गर्न अाज कावासाेति नगरपालिकाद्वारा जिल्ला प्रशासन , जिल्ला प्रहरी , उधाेग बाणिज्य संघ, उपभोक्त मंच र पत्रकार सहितकाे टाेलिले कावासाेतिका मुख्य शब्जि मण्डि र खाध्यान्न पसलकाे अनुगमन गरेको छ ।
नगरभित्र लकडाउनकाे समयमा हुन सक्ने कालाेबजारि लाई नियगमन गर्न बजार अनुगमन गरिएकाे कावासाेति नगरपालिकाका प्रमुख प्रशासनिक प्रमुख कृतनराज पाैडेलले बताउनु भयाे । अनुगमनमा विशेष गरि तरकारी पसलमा कुहिएका ,ढुसिलागेका तरकारि र म्याद गुज्रिएको सामनहरु बिक्री गरेका थिए ।
अनुगमन समिति प्रमुखका शुसिला तिमल्सिना ले बजार तथा सब्जि मण्डिहरुकाे अनुगमन गरिएकाे बताउनु भयकाेछ । अनुगमनमा सब्जि पसलहरुमा ढुसि लागेकाे , कुहियका तरकारि बिक्री पसलबाटनै जफत गरिएकाे जानकारी दिनुभयाे । साथै अनुगमनमा म्याद गुज्रिएको सामाग्री फेला परेको समेत जानकारी दिनुभयाे ।

अनुगमनमा कुहियका गाजर २५ के जि, काक्रो २५ के जि, बाेडि १५ केजि, टमाटर १५ केजि, म्याद नागेका लिमि जुस १ प्याक, फुलनदाना १ प्याक, बिस्कुट ६ प्याकेट बरामद गरीएकाे र बरामद बस्तुकाे अनुगमन समिति, जिल्ला प्रहरी , जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरुकाे राेहवरमा नष्ट तथा व्यावस्थापन गरिएकाे तिमल्सिनाले जानकारी दिनुभयाे ।
अनुगमनमा व्यावसायिहरुलाई सामाजिक दुरि कायम गरि व्यावसाय संचालन गर्न अनुराेध गरिएकाे नवलपुर उघाेग बाणिज्यका अध्यक्ष डासुराज पाेखरेलले बताउनु भयाे ।