घरHeadlineकावासोतीको राहत कोषमा १७ लाखबढी नगद र ७९२ प्याकेज खाद्य सामग्रीः ३७०९...

कावासोतीको राहत कोषमा १७ लाखबढी नगद र ७९२ प्याकेज खाद्य सामग्रीः ३७०९ घरपरिवारलाई राहत बितरण

खगेन्द्र पराजुली,
५ बैशाख, नवलपुर ।
कावासोती नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगद र चेक मार्फत् १७ लाख ३ हजार ३ सय २ रुपैया र जिन्सी तर्फ ७ सय ९२ प्याकेज खाद्य सामग्री संकलन भएकोमा हालसम्म ३ हजार ७ सय ९ घरपरिवारलाई राहत उपलब्ध गराएको छ ।
कावासोती नगरपालिकाका नगर उपप्रमुख एवं बिपत् राहत कोषका संयोजक प्रेमशंकर मर्दनियाले नगरका सामुदायिक संघसंस्था, निजी प्रतिष्ठान, ब्यक्तिगत रुपमा समेत सहयोग गर्नुभएका सबैबाट १७ लाख ३ हजार ३ सय २ रुपैया र जिन्सी तर्फ ७ सय ९२ प्याकेज खाद्य सामग्री प्राप्त भएको जानकारी दिनुभयो ।
वहाँले प्राप्त सहयोग लकडाउनपछि सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै नगरका १७ वटै वडामा सम्वन्धित वडाका जनप्रतिनिधिहरुले पेश गरेको तथ्याङ्कका आधारमा ३ हजार ७ सय ९ घरपरिवारलाई राहत समेत बितरण गरेको बताउनुभयो ।
कावासोेती नगरपालिकाले बिपन्न तथा दैनिक ज्यालादारीमा आश्रित परिवारलाई १५ केजी सासबत्री चामल, २ केजी दाल, १ केजी नून, आधा लिटर खाने तेल र १ वटा हातधुने तथा नुहाउने साबुनको प्याकेज बितरण गरेको जनाएको छ ।
यसरी बितरण गरिएको प्याकेजलाई नगरपालिकाले १२ सय रुपैंया नवढाई आह्वान गरेको कोटेशनमा पनि कम दररेटमै सामान खरिद गरी राहत बितरण गरिएकोले सहयोगीहरुले गरेको सहयोग रकम खर्च बाहेक सबै कोषमै रहेको नगरप्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया