सागर पोख्रेल

बैशाख ३, कावासोती
सधै पर्यटकको चहल पहल देखीने अमलटारी होम स्टे यती बेला सुनसान छ । लकडाउनका कारण पर्यटक आउन छोडेपछि होम स्टे क्षेत्र सुनसान भएको हो ।
अमलटारी होम स्टे घर नम्वर ७ का नविन महतो यती खेर खडाई छिमल्दै व्यस्त छन । उनका अनुसार लक डाउनले पर्यटन आउन छाडेको समयको उपयोग गर्दै होम स्टेलाई थारु समुदायको परम्परागत रुपको खपडा को छानो र खडाईको बार प्रयोग गरेर आकर्षक बनाईएको छ । उनी मात्र हैन अहिले अमलटारी होम स्टेका सबै संचालकहरु थारु समुदायको परम्परागत घर निर्माण गर्न जुटेका छन । उनीहरुले यती खेर होम स्टेलाई थारु समुदायको पर्खैली घर जस्तै गरी नयाँ स्वरुपमा बनाउदै छन ।
अमलटारी होम स्टेका संचालकहरु यती बेला खडाईबाट कोठाका भित्री भागहरु सजाउन लागिपरेका छन् भने छाँनामा मौलीक परम्परा अनुसार खपटाको प्रयोग गरी छाँउन थालेको होम स्टेका व्यावस्थापक धनीराम महतोले जानकारी दिनुभयो ।
२०७० जेठ ५ गतेबाट संचालनमा आएको होम स्टे नेपालकै नमुना होम स्टे हो । अहिले सम्म स्वदेसी तथा विदेशी गरेर ७१ हजार पर्यटक भित्रिएका छन् ।
अमलटारी होम स्टेकाका अध्यक्ष प्रेम शंकर मर्दनियाका अनुसार लक डाउनको समयको उपभोग गर्दै समिति मार्फत संकलित रकमबाट १० प्रतिशत र अन्य खर्च स्वयम् संचालकले व्यहोर्ने गरी गरी प्रति घर ५० हजार देखी ६० हजार सम्म डेकुरेशन खर्च र खपटा र खडाई गरी करीव १ लाखको लागतमा थारु परम्परागत घर निर्माण गर्न लागीएको बताउनुभयो ।
अमलटारीमा हाल ३१ बटा होम स्टे संचालनमा रहेका छन । प्रति होम स्टे ४ जनाको दरले आवास गर्न मिल्ले व्यावस्था रहेको छ भने यस होम स्टेमा कुल १ सय २४ जना बस्न गर्न सक्ने छन ।