घरHeadlineलकडाउन थप,  बैशाख १५ गतेसम्म कायम रहने

लकडाउन थप,  बैशाख १५ गतेसम्म कायम रहने

बैशाख २, २०७७

काठमाण्डौ – सरकारले लकडाउनको समय १२ दिन थपेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले जानकारी दिनुभयो ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।

अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया