घरHeadlineदिल्लीमा भएको निजामुद्धीन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता

दिल्लीमा भएको निजामुद्धीन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता

नारायण शर्मा –


नवलपरासी, १ बैशाख । भारतको दिल्लीमा भएको निजामुद्धीन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता हुदै पैदल नेपाल छिरेका २ जनालाई नवलपरासीको स्थानीयले समातेर भारतीय प्रहरीलाई बुझाएका छन् ।
भारतबाट हिडेर सुस्ताको बाटो नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडि बस्ने ६५ वर्षका अब्दुल मिया र सलामान मियालाई नियन्त्रणमा लिएर स्थानीयले भारतीय प्रहरीको जिम्मा लगाएको स्थानीय अंगद यादबले जानकारी दिए ।
उनीहरु सभा सकिएको २१ दिनपछि भारतको महाराजगंजको करमिसवा हुदै नेपालको सुस्ता हुँदै नवलपरासी छिरेको बेला सोमवार बिहान ६ बजे स्थानीयले नियन्त्रणमा लिएको हो ।
सुस्ता गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रभुनाथ यादबको टोलीले उनीहरुलाई पक्राउ गरेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको अध्यक्ष यादवले बताए ।
नेपाल छिर्नुअघि सुस्तामा भारतीय सुरक्षाकर्मीले (भारत तर्फका) नेपाल प्रबेश गर्न दिएका थिए । वडा अध्यक्ष यादवले उनीहरु नेपाल छिरेको जानकारी स्थानीयले दिनासाथ बिहानै समातेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएका थिए ।
उक्त सभामा सहभागी भएका तर लकडाउन र सीमा नाका बन्दका कारण नेपाल छिर्न नपाएका अझै कयौं नेपालभारत सिमा नाका आसपासमा रहेको मस्जिदमा लुकेर बसेको आशंका गरिएको छ ।
पश्चिम नवलपरासीमा नेपाल भारत खुल्ला सिमामा नाकाका साथै खेतबारीबाट पनि प्रवेश गर्न मिल्ने प्रशस्त गोरेटोबाटोहरु भएका कारण सीमा नजिकै घर रहेको नेपाली र भारतीयहरुको आउजाउ अझै पनि जारी रहेको स्थानीय रविन्द्र यावदले बताए ।
विशेष गरेर रातको समयमा भारतमा रहेका नेपालीहरु यस्तो बाटो प्रयोग गरेर नेपाल छिर्ने गरेपछि नेपाली स्थानीय बासिन्दा र प्रहरीले निगरानी बढाएका छन् ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती र चेकिङ्ग पोष्टहरु समेत बढाएको छ । त्यसैगरी सीमा क्षेत्रमा रातिको समय अँध्यारोको फाइदा उठाउँदै हिड्न सक्ने भएकोले त्यस्तो बाटोहरुमा विजुली बत्ति समेत जडान गरिएको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया