विनयी त्रिवेणी
राष्ट्रिय गौरवको मेलेम्ची खानेपानी आयोजनाका लागि सिमेन्ट लिन हिडेका डेढ दर्जन ढुवानी साधन पूर्वी नवलपरासीको दुम्किबास जंगलबाट फर्किएका छन् ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिकामा रहेको होड.सी सिमेन्ट कारखाना सर्दी जाने क्रममा ति साधन स्थानीय पालिकाले गाउं प्रवेशमा रोक लगाए पछि बीच बाटो बाटै फर्किएका हुन् ।
मेलेम्ची आयोजनको सिमेन्ट लिन आएका १७ ट्रक मध्य १४ ओटा ट्रक जंगलबासको करिव ३२ घण्टा पछि निराश हुदै फर्किएका हुन् ।
त्यसैगरी अर्को गौरवको आयोजना निर्माणाधिन पोखरा विमान स्थलबाट सिमेन्ट लिन शनिबार आएका करिव १ दर्जन ट्रक पनि स्थानीय लकडाउनकै कारण जंगलमै रोकिएका छन् ।
गाउ पालिका अध्यक्ष डम्बर बहादुर जिसीले गाउमा कोरोना संक्रमणको जोखिम बढ्ने हुदा सिमेन्ट ढुवानीका लागि आएका साधनलाई कारखाना भन्दा २२ कि.मी दक्षिणमै रोकिएको बताए ।
अध्यक्ष जिसीका अनुसार आयोजनाले कोरोनाको यस्तो जोखिमको अवस्थामा स्थानीय निकायसंग समन्वय नै नगरी ढुवानीका साधन पठाएकोले समस्या उत्पन्न भएको हो ।
पहिला स्थानीयको सुरक्षा नै हाम्रो चासो हो, रोगसंग सम्मmौता गर्न सकिन्न, गाउलेले बाह्य मानिसको चहल पहलले समाजमा रोग फैलने सम्भावना रहने बताएका हुदा लकडाउनको पूर्ण पालना गरेका हौं जिसीले भने ।
उता सिमेन्ट उत्पादक कम्पनी होड.सी शिवम प्रा.लि.ले भने कम्पनीमा यथेस्ट उत्पादित सिमेन्ट रहेकोले ढुवानीका साधन कारखानामा आईपुगे लोड गरी पठाउन कुनै समस्या नरहेको बताएको छ ।
स्थानीयसंग समन्वय गरी आए आफूहरु लोड गराउन तयार रहेको बताउदै ढुवानी मजदुरहरु जंगलमा फसेको र खाना पानी केही नपाएको गुनासो आईरहेको कम्पनीका एक अधिकृतले संचारकर्मीलाई बताए ।
बताई अनुसार होङसी सिमेन्ट कारखानामा लकडाउनका कारण स्थानीय मजदुरहरु विदामा गए पनि चाईनिज प्राविधिक र मजदुरहरुले सिमेन्ट उत्पादनको कामलाई निरन्तरता दिईरहेकाछन् ।
सिमेन्ट कारखाना प्रवेशको एक मात्र मुख्यद्धार दुम्किबास जंगलमा १७ ओटा मालबाहक ट्रक शुक्रबार विहान देखिनै बसेका थिए । ३ किमी पश्चिम र ८ किमी पूर्वमा रहेका दुम्किबास र अरुणखोला बजार लकडाउनका कारण बन्दछन् ।
जस्ले गर्दा ढुवानी मजदुरहरुलाई खाना र पानीको पनि समस्या परेको एक ट्रक चालक सोमलालले बताए । सिमेन्ट ढुवानीका लागि ति साधनहरुले उद्योग विभागका पास बोकेर हिडेका थिए ।