रेडियो सामर्थ्य , कावासाेति , चैत्र २७
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा न्यूनिकरणका लागि कावासोती नगरपालिकामा कार्यरत १२० जना कर्मचारीको तर्फ बाट विपत व्यवस्थापन समिति लाई एकमुष्ठ सहयाेग हस्तान्तरण गरिएकाे छ ।
कावासाेति नगरपालिका मातहत रहेका १२० जना कर्मचारिहरु बाट संकलित रकम ४ लाख ४७ हजार ३८२.९८ पैसा विपत काेषमा सहयोग गरएकाे नगर कार्यपालिकाकाे सचिवालयले जानकारी दिएकाे छ ।
नगरपालिकाकाे अाधिकारिक सामाजिक संजाल फेसबुक मार्फत नगरपालिका मातहतमा रहेका १२० जना कर्मचारिले प्रदान गरेकाे राहत रकमकाे नामावलि सहित सार्वजनिक गरेकाे छ ।
कावासाेति नगरपालिकाकाे विपत व्यावस्थापन काेषमा याे रकम सहित करिव १२ लाख रुपैया सहयाेग प्राप्त भएकाे राहत व्यावस्थापन संयाेजक प्रेम शंकर मर्दनिया थारुले जानकारी दिनुभयाे ।
कावासोती नगरपालिका मातहतका कर्मचारीबाट राहत काेषमा सहयाेग गरेकोमा काेष र नगरपालिकाको तर्फ बाट सहयोग गर्नु हुने कर्मचारीहरु प्रती धन्यवाद ज्ञापन गरेकाे छ । कावासाेति नगरपालिका मातहतमा रहेका कर्मचारीले सहयाेग गरेका व्याक्तिहरुको नाम र सहयोग रकम निम्नानुसार रहेको छ ।