नवलपुर
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा रहेको राहत भण्डारण कक्षमा लगाएको ताला प्रहरीले खोलेको छ ।
मंगलबार बसेको उच्चस्तरीय वैंठक पछि तालाबन्दी गर्ने जिम्मा कसैले पनि नलिएपछि प्रहरीले मुचुल्का उठाएर तालाबन्दी खोलेको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् ।
गाउँपालिकाले राहत सामग्री खरिद र वितरणमा एकलौटी गरेको भन्दै स्थानीयको नाममा तालाबन्दी गरिएको थियो ।
वैठकले राहत वितरण प्रणालीलाई व्यस्थित गराउने, २ जनासम्म परिवार भएकालाई १५ केजीको दरले र १० जनासम्म परिवार भएकालाई २५ केजीको दरले चामल लगायतका खाद्य सामग्री वितरण गर्ने लगायतको निर्णय गरेको छ ।