घरHeadlineअग्याैलि साना किसानद्वारा चेक हस्तान्तरण

अग्याैलि साना किसानद्वारा चेक हस्तान्तरण

रेडियो सामर्थ्य
चैत ,२५
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना लकडाउनकाे समस्याका कारण दैनिक जिवनयापन गर्न समस्या परि ज्वालादारि समेत गर्न नपाई चुल्हाे चाैकाे जल्न समेत समस्यामा परेका र काेरना भाइरसको नियन्त्रण तथा न्यूनिकरणका भन्दै कावासाेति नगरपालिका वडा नं १४ अवस्थित साना किसान कृषि सहकारी संस्था लि अग्यौली बाट राहतकाेषमा विपत व्यवस्थापन समिति मार्फत कावासाेति नगरपालिकाका उप प्रमुख तथा विपत काेषका संयाेजक प्रेमशंकर मर्दनियालाई चेक मार्फत रु ७०,०००।- सहयोग हस्तान्तरण गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालयले राहत वितरण गर्दा स्थानिय पालिका मार्फत गर्न गरेकाे सुचना र कावासाेति नगरपालिकाद्वारा एकद्वार प्रणालि मार्फत राहत वितरण गर्न गरेको अनुराेधका कारण अग्याैलि साना किसान सहकारी संस्थाले नगरपालिकालाई चेक हस्तान्तरण गरिएकाे संस्थाका अध्यक्ष हरि बस्नेतले जानकारी दिनुभयाे ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया