सागर पोख्रेल

कावासोती चैत्र २५
कावासोती नगरपालिकाका विभिन्न स्थानमा हिजो(सोमबार) राती बाट (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्केको छ । नगरपालिकाको १७ बटै वडाको भीडभाड हुने विभिन्न स्थान र मुख्य राजमार्गहरुमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्किन शुरु गरीएको हो ।
कोरोना भाईरस संक्रमणका जोखिममा बाहिरी बातावरमा समेत कम गर्ने उदेश्यले कावासोती नगरपालिकालाई नगरपालिका क्षेत्रमा रहेका सामुदायिक वनहरुले क्लोरिन उपलब्ध गराए सगै नगरपालिकाले नगरका सबै वडाहरुमा किटनासक औषधी छर्किन शुरु गरेको हो ।
कावासोती नगरपालिकाका उपप्रमुख तथा कोरना रोकथाम समिति संयोजक प्रेमशंकर मर्दनियाका अनुसार नगरपालिका भित्र रहेका सामुदायिक तथा मध्यबर्तीक्षेत्रका बन समितिबाट प्राप्त ३ हजार ५ सय केजी क्लोरिन लाई सोमबार साँझबाट छर्किन शुरु गरीएको जानकारी दिनुभयो । विभिन्न क्षेत्रबाट प्राप्त क्लोरिन सोमबार राती देखी छर्कन लागेको बताउनुभयो ।
किटनासक औषधीले मानव जीवनमा प्रत्यक्ष असर नगरेस भन्ने कारणले रात्री समयमा क्लोरिन छर्कन लागेको कावासोती खानेपानी तथा सर सफाई उपभोक्ता संथाका अध्यक्ष भिमलाल कण्डेलले जानकारी दिनुभयो ।
कावासोती नगरपालिकाले नगरका १७ बटै बडामा वडा कार्यालयको समन्वयमा क्लोरिन छर्किने भएको छ ।