
कावासाेति,चैत, २४
नवलपुर जिल्लामा लकडाउनकाे समयमा कडाई नगरिएकाे गुनासाे अाय सगै गत आइतबारबाट एक पालिकाबाट अर्को पालिकामा जान समेत सरकारले प्रतिबन्ध लगाइए सगै नवलपुर जिल्लामा समेत कडाई गर्न थालिएको छ ।
नवलपुर जिल्लामा अाज (साेमबार) देखि चाेक चाेकमा सुरक्षा निकाय परिचालन गरि सबारि साधन नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रशासन कार्यालयले यस अगि सुचना जारि गर्दै स्थानीय तह सग समन्वय मार्फत एकद्वार प्रणालिबाट राहात वितरण गर्न र राहतकाे नाममा चन्दा संकलन गर्न प्रतिवन्ध समेत गरेकोे थियाे ।
एक प्रदेशबाट अार्काे प्रदेशमा जान समेत राेक लगाय सगै नवलपुर जिल्लामा भने जिल्ला प्रशासन कार्यालयबाट लिईएका सवारि पास, एम्बुलेन्स लगायत अति अावश्यक सामाग्री बाेकेका बाहेकका सवारि साधन संचालनमा कडाई गरेकाे छ ।
विगत दिनकाे तुलनामा अाज देखि जिल्लाका मुख्य बजार क्षेत्रमा प्रहरि परिचालन गरि कडाई गरीएकाे छ ।
विशेष गरि मुख्य राजमार्ग र भित्रि सडकमा साना सवारि साधनहरु संचालनमा अाएकाे र ती सवारि साधन चालकलाई नियम अनुसार कारवाहि र लक डाउनकाे विषयमा जानकारी गराई छाडिएकाे जिल्ला ट्रफिक कार्यालय नवलपुरले जनाएकाे छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख पिताम्वर घिमिरेले नेपाल सरकारले एक स्थानिय, प्रदेशबाट समेत अार्काे स्थानिय तह र प्रदेशमा समेत अतिअावश्यक साधनबाहेक प्रवेस र संचालनमा राेक लगाउने निर्णय गरेकाे संचार माध्यमबाट जानकारी अाएपनि नेपाल सरकारबाट परिपत्र नअाएकाे बताउनुभयाे ।
उहाँले परिपत्र अाउनसाथ नवलपुरकाे पुर्वि क्षेत्र वाग्मती प्रदेशकाे प्रवेसद्वार गैडाकाेट र पश्चिम ५ नम्बर प्रदेशकाे दाउन्नेमा कडाई गरिने जनाउनु भएकाे छ यद्यपि अाजै देखि प्रदेशकाे दुबै नाकामा समेत कडाई गरियकाे बताउनुभयाे ।
विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (COVID19) को सन्दर्भमा नेपाल सरकारले चैत ११ गते देखि देश भरनै लकडाउन गर्ने निर्णय गरेकाे थियाे । गत चैत १८ गते लकडाउनकाे मिति नसकिदै सरकारले पुन: चैत १६ गते लकडाउनकाे अवधि बढाउदै पुन चैत २५ गते सम्म पुर्याएकाे थियाे ।
सरकारले नेपालमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण दोस्रो चरणमै रोक्नका लागि सहयोग गर्न सबैसँग आग्रह समेत गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो ३ हप्ताभित्र विदेशबाट फर्किएका व्यक्तिसँग सम्पर्क भएको भए अबको २ हप्तासम्म घरमै बस्न आग्रह गरेको छ ।