घरHeadlineरुखका बिषयमा आफुलाई कुनै थाह नभएको :अध्यक्ष तिल बहादुर चितौरे

रुखका बिषयमा आफुलाई कुनै थाह नभएको :अध्यक्ष तिल बहादुर चितौरे

सुजन अधिकारी

नवलपुर,गैंडाकोट,

मुलुक यतिबेला स्वास्थ बिपत्ति मा रहेको बेला काठ तस्करीमा मा लाग्ने हरु सल्बलाएका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर ११/१२ मा पर्ने भेडावारी सामुदायिक बन र गैंडाकोट १८ मा पर्ने बराह देवि राष्ट्रिय बन क्षेत्रमा अवस्थित सडक को दायाँ बायाँ का रुखहरु काटिएको अवस्थामा भेटिएको छ । भेडावारी सामुदायिक बन उपभोक्ता समिती का अध्यक्ष गुरुप्रसाद पौडेल का अनुसार १९ गते नै काटिएको अनुमान गरिएको रुखका विषयमा हामी लाई २१ गते मात्रै जानकारी आएको र जानकारी आउना साथ डिभिजन बन कार्यलयका प्रमुख र सहायक बन अधिकृत,सब डिभिजन बन कार्यलयका प्रमुख रेन्जर र दुबै वडा का वडा अध्यक्षसहित रुख काटिएको स्थान मा पुगेको बताएका छन् ।

गैंडाकोट नगरपालिका वडा नम्बर १८ का अध्यक्ष तिल बहादुर चितौरेले भने त्यहा काटिएको रुखका बिषयमा आफुलाई कुनै थाह नभएको र यो बिषयमा कसैले केहि जानकारी नगराएको बताउनु भयो ।

गण्डकी प्रदेशको सहयोग मा उक्त स्थान मा आहाले,दमार हुँदै बुलिङ्गटार जोड्ने बाटो बनाउने काम भैरहेको र सोही बाटो मा पर्ने भेडाबारी सामुदायिक बन र बराह देबि सामुदायिक बन को रुख यसरी काटिएको अबस्था मा भेटिनु लाई भेडाबारी सामुदायिक बन का अध्यक्ष ले “बाहाना कोरोना भाइरस को बनाइएको र अन्य ब्याक्ति गाउँ मा कोहि प्रबेश नगरुन भनेर काटिएको भनिए पनि यस्तो समयमा प्रहरी प्रसाशन र उपभोक्ता नपुग्ने हुनाले यस्मा केही गाउले र जनप्रतिनिधि समेतको मिलेमतो हुन सक्ने- बताएका छन ।

गैंडाकोट नगरपालिका वडा नम्बर १८ का अध्यक्ष तिल बहादुर चितौरेले भने त्यहा काटिएको रुखका बिषयमा आफुलाई कुनै थाह नभएको र यो बिषयमा कसैले केहि जानकारी नगराएको बताउनु भयो । तेस्तै नवलपुर डिभिजन बन कार्यलय का प्रमुख कुलेश्वर सुबेदिले अपराधी उम्कन नसक्ने र यस बिसयमा आजै अनुसन्धान अधिकृत खटाइ अनुसन्धान को काम अगाडि बढाउने बताएका छन । कोरोना भाईरस को महामारी फैलिरहेकोे अबस्था र सरकारले लकडाउन गरेको फाइदा उठाउदै केही स्थानीय हरु अनियमित रुख फडानि मा लागेको भन्दै दोषी हरुलाई छानविन गरि पत्ता लगाई कडा भन्दा कडा कारबाही गर्न का लागि भेडाबारी सामुदायीक बन ले समेत आग्रह गरेको छ । भेडावारी सामुदायिक बन मा रहेका २६ वटा सालका रुख र वराह देवी सामुदायिक बन को २० वटा साल का रुख काटिएको अवस्थामा २२ गते भेटियको थियो ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया