खगेन्द्र पराजुली,
२३ चैत्र, नवलपुर ।
नवलपुरको देबचुलीमा दैनिक अत्यावश्यकका खाद्यान्न २५ प्रतिसत मात्र मौज्दात रहेको बताईएको छ ।
लकडाउन शुरु भएलगत्तै गरिएको सर्बेक्षणपछि अहिलेसम्ममा मौज्दात रहेको चामल, दाल, नून र तेल जस्ता अति आवश्यक खाद्य बस्तुको मौज्दात मात्रा ह्वात्तै घटेको देबचुली उद्योग बाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले बताउनुभएको हो ।
वहाँका अनुसार उद्योग बाणिज्य संघले गरेको सर्बेक्षणमा नगरक्षेत्रमा रहेका १ दर्जन खाद्यान्नका ठूला सप्लायर्स र १ दर्जन मध्यम होलसेल स्टोर्सबाट पछिल्लो १ सातामा ७५ प्रतिसत खाद्यान्न खपत भएको हो ।
अहिले बजारमा ४२ देखी ५० रुपैंया हाराहारीका चामल भने पाउन मुस्किलै रहेको छ । मौज्दात चामल महंगा दरका रहेका छन् अध्यक्ष सापकोटाले भन्नुभयो ।
वहाँले नून मौज्दात कम रहेपनि साल्ट ट्रेडिङले जतिवेला पनि उपलब्ध गराउने हुँदा नूनको अभाव नहुने बताउनुभयो ।
अध्यक्ष सापकोटाले मध्यम तथा उच्च बर्गले भने खाद्यान्न जोहो गरेर राखेकाले देबचुलीमा तत्काल खाद्य संकट नपर्ने दावी गर्नुभयो ।
वहाँले गरीव, बिपन्न तथा दैनिक ज्यालामजदुरीमा निर्भर परिवारलाई भने पहिलो चरणमा बितरण भएको राहत खाद्य सामाग्रीले कम्तीमा १० दिन पुग्ने हुदा ती परिवारलाई पनि चैत्र महिनासम्म २ छाक खान समस्या नपर्ने बताउनुभयो ।