घरHeadlineवडा नम्बर १० का ७३ घर परिवारलाई खाद्य सामाग्रि बितरण

वडा नम्बर १० का ७३ घर परिवारलाई खाद्य सामाग्रि बितरण

कावासाेति
नवलपुर , २२ चैत

कावासोती नगरपालिका वडा नम्बर १० ले आज खाद्य सामाग्रि बितरण गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष टेक नारायण महतो सहितको टोलीले वडा भित्र रहेका दैनिक ज्याला मजदुरी गर्ने ,विपन्न नागरिकलाई खाद्य सामाग्रि बितरण गरेको हो । वडा भित्र रहेका ७३ घर परिवार विपन्न तथा ज्याला मजदुरी गरि जिवन यापन गर्नेहरुलाई आज राहात स्वरुप खाद्य सामाग्रि बितरण गरेको वडा अध्यक्ष महतोले जानकारी दिए । वडाभित्र करीब १ सय ४० जना विपन्न तथा ज्याला मजदुरी गरेर जिवनयापन गर्दै आएका परिवारलाइ राहत वितरण गरिने अध्यक्ष महतोले बताए । बाँकी परिवारलाई भोली राहत वितरण गरिने महतोले जानकारी दिए । कोरोना भाइरसका कारण लकडाउनको अवस्थामा दैनिक काम गर्न नपाएर जिवन यापनमानै प्रभाव परेको भन्दै वडा मार्फत खाद्य सामाग्रि बितरण गरिएको हो ।
प्रत्यक घर परिवारलाई १५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, आधा लिटर तेल र एक थान साबुल प्रदान गरिएको थियो ।
वडा सदस्यहरु , स्थानीय समाजसेवि लगायतको उपस्थितीमा खाद्य सामाग्रि बितरण गरिएको हो । कावासोती नगरपालिकाले राहात बितरणकालागि रकम विनियोजन गरे संगै वडा वडाका विपन्न ,दैनिक ज्याला मजदुरी गर्ने घर परिवारलाई खाद्य सामाग्रि बितरण शुरु जारी राखेको छ ।

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया