घरHeadlineकाेरना संक्रमितको संख्या ९ पुग्यो

काेरना संक्रमितको संख्या ९ पुग्यो

चैत २२, काठमाडौं
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका हुन । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा कोराना पोजेटिभ देखिएको हो । ३४ वर्षिया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ

सम्बन्धित खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

धेरै पढिएको

नवीनतम प्रतिकृया