सामर्थ्य रेडियो
कावासाेति , चैत २२
विश्वभरिनै महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमणको जोखिमलाई कम गर्न नेपाल सरकारले गरेको लकडाउनको समयमा विपन्न तथा ज्यालादारी वर्गका व्यक्तिहरुलाई कावासोती १३ द्वारा अाज राहात वितरण गरिएकाे छ ।
कावासाेति नगरपालिकाबाट राहत लाई नगरपालिका द्वारा तयार पारिएकाे मापदण्ड प्रती घर परिवार १५ केजि चामल, २ केजि दाल , १ पाेका नुन र १/२ लिटर तेल र १ बटा सावन हस्तान्तरण गरिएकाे वडा नम्बर १३ का वडा अध्यक्ष विनाेद रानाले जानकारी दिनुभयाे ।
राहत वितरण मापदण्ड निर्धारण भित्र परेका वडा नम्बर १३ का ८५ घर परिवारलाई राहत हस्तान्तरण गरेकाे वडाध्यक्ष रानाले जानकारी दिनुभएकाे छ । कावासाेति नगरपालिका भित्र रहेका गरिव तथा विपन्न , मजदुरहरुकाे लागि शुक्रबार देखि वडागत रुपमा राहत हस्तान्तरण शुरु गरीएकाे थियाे ।